निजामती प्रशासनमा ‘टिम बैकुण्ठ’को अघोषित सेटिङ्ग

हिजोको क्याविनेटले तीन सचिवको सरुवा गरेको छ । जसमा दुई जना सचिवहरु दुईः महिना पनि नपुग्दै सरुवामा परेका छन् । सरुवा भएका सचिवहरुमा छन्,विनोदप्रकाश सिंह,मधुसुदन बुर्लाकोटी र हरि मैनाली । जसमध्ये बुर्लाकोटी र सिंह समय अवधि नपुग्दै अर्थात दुई महिनामै सरुवामा परेका छन् । गत चैत्र २९ गतेमात्र बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयमा लगिएको थियो तर दुई महिना पनि नपुग्दै उनलाई त्यहाँबाट सरुवा गरे वित्त आयोगतिर पुर्याइएको छ । अनि वित्त आयोगमा रहेका विनोद सिंहलाई महालेखा नियन्त्रकको रुपमा अनामनगर खटाइएको छ । हरि मैनाली स्वास्थ्य मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

यसरी छिटो छिटो सचिवहरु बदल्नुमा मुख्य सचिव बैकुण्ठ अर्यालको भूमिकामाथि नै प्रश्न चिन्ह उठ्ने गरेको छ । ०४९ सालमा हुलाकसेवाबाट प्रशासनतिर सिफ्ट भएकामा जयमुकुन्द खनाल,बिष्णु लम्साल,राजन खनाल,रामप्रसाद थपलिया,पुर्णचन्द्र भट्टराई,बिष्णु नेपाल,शान्तराज सुवेदी,बिनोद प्रकास सिंह,गोपीनाथ खनाल,महेन्द्र गुरागाई,बैकुण्ठ अर्याल,भरतराज पौड्याल र केवल प्रसाद भण्डारीहरु हुन । तिनैमध्येका राजन खनाल,शान्ताराज सुवेदी,बैकुण्ठ अर्याल,भरत पौडेल,मधुकुमार मरासिनीहरुले अर्थ र राजश्वबाहेक दाया बाया हुनु परेन । सदैव अर्थ र राजश्व कार्यालयहरुमा घुमेर जागिर खाए । सोही समूहमा रहेका विनोदप्रति बैकुण्ठको अत्यन्त प्यार हुने नै भयो । जस्तो प्यार यस अघि मुख्यसचिवले मधु मरासिनीको हकमा देखाएका थिए ।

बिज्ञापन

अर्थ सचिव मधु मरासिनी र मुख्य सचिव बैकुण्ठ अर्याल ‘तँ–तँ र म–म’ चल्ने साथी हुन । उनै मुख्य सचिवकै जोडबलमा अहिले मधसलाई अर्थमा फिट गरिएको भनेर अर्थ्याउने छन् ।यो समूहले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नु परेन । तिनैमध्येका एक मधु मरासिनीलाई हालै अर्थमा लगे पछि संवैद्यानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग चिढिएको छ । सफाई पाएको पर्सीपल्टै मधुलाई नियुक्ति यसरी दिइयो कि मानौं,उनलाई त्यहाँ नलगे अकाशै पल्टिन्छ,धर्ती नै भासिन्छ । दुई दिन अघिमात्र विशेष अदालतबाट क्लिन चिट पाएका मधु मरासिनीले सोमबार बिहान ११ बजे बसेको क्याविनेटले अर्थ सचिवको जिम्मेवारी दियो र दिँउसै ३ बजे अर्थमा स्वागत र कृष्णहरि पुष्करको बिदाईको कार्यक्रम राख्यो । अपर्झट सचिवद्धयको रमना गर्नुपर्दा अर्थका कर्मचारीको दौडधूप हेर्न लायक देखिन्थ्यो । तर,कानुनी क्षेत्रका जानकारहरु चाहिँ सरकारको पछिल्लो निर्णयले संवैद्यानिक निकायलाई ठाडैं च्यालेञ्ज गरेको टिप्पणी गर्दैछन् । कुनै पनि फैसला पूर्ण पाठ नआइ परिपक्क मानिदैंन । उदाहरणका कर्मचारीका यस्ता दर्जनौं नजिर छन्,जस्लाई अदालतबाट पूर्णपाठ आए पछि मात्र कार्यन्वयनमा लगिएको छ ।

विशेषबाट क्लिन चिट पाएका मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा सानो केही जिम्मेवारी दिएर राख्न सकिन्थ्यो तर उनी हिजो बजेट महाशाखा प्रमुख हुँदा उनीमाथि प्रश्न चिन्ह उठेको मन्त्रालयमै जिम्मेवारी दिएर पठाउनुलाई ठूलै ‘सेटिङ’ हो भन्दैछन्, प्रशासन क्षेत्रका जानकारहरु । मधुलाई अर्थमा लगिएको बिषय अख्तियारका आयुक्तहरुलाई पचेको छैन ।

बिज्ञापन

नेपालको प्रशासनिक क्षेत्रमा एकै पटक हुलाक सेवाबाट आएका १६ जना सचिवको भूमिकामा पुगे ।जसमध्ये केही अवकाशमा गए,तीन जना बहालरत छन्,एकको मृत्यु भइसकेको छ । तिनैमध्येका बैकुण्ठ अर्याल मुख्य सचिवको कुर्सीमा पुगे । एक जना लाई सचिवबाट अवकाश लगतै राजदूत बनाएर खटाइएको छ,बाँकी रिटायर्ड लाइफ बिताउँदै छ ।जसमध्ये जयमुकुन्द कुनै दाग नलागी घर फर्किए । भरत पौडेल परराष्ट्र सचिवबाट सेटिङमै अहिले राजदूत खाइरहेका छन् । बाँकीले अर्थ र राजश्वमै घुमेर जागिर खाएका हुन । यस्लाई बहालवाला प्रशासकहरु ‘टिम बैकुण्ठको अघोषित सेटिङ्ग’ भन्छन् । यही सेटिङ्गमै मुकुन्द निरौला दुई दिनमै उपराष्ट्रपतिको कार्यालयबाट सामान्य प्रशासन सचिवको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष