रविको मुद्धा न्यायधीश पोखरेलको इजलाशमा परेपछि आज पनि सुनुवाई स्थगित

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरि अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिटको पेशी आज पनि स्थगित भएको छ । रवि विरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएपछि निवेदक अनुपम भट्टराईले सुनुवाइ दोश्रो पटक स्थगित गरेका हुन् । यसअघि बुधबार पनि न्यायाधीश पोखरेलकै इजलाशमा पेशी तोकिएको थियो र निवेदकले सुनुवाइ स्थगित गरेका थिए ।

बिज्ञापन

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दर्ता गरेका थिए । त्यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको रिट न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासको आदेशमा दर्ता भएको हो ।

बिज्ञापन

महान्यायाधिवक्ता दिनमणि पोखेरेललाई समेत विपक्षी बनाइएको रिटमा लामिछानेलाई तत्काल निलम्बन गरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान अघि बढाउन माग गर्दै रिट दायर गरिएको थियो । महान्याधिवक्ताले सहकारी ठगीका आरोपितलाई उन्मुक्ति दिएर संविधान, फौजदारी कसुर र सहकारीमा रहेका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई संकुचन गरेको रिटमा दाबी गरिएको छ । भविष्यमा समेत यस प्रकारको पत्र जारी गरी फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने र प्रभावित गराउन सक्ने भएकाले महान्यायाधिवक्ताको पत्रको कानुनी आधारसमेत नभएकाले उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

निवेदक भट्टराईले स्थगन नगराएको भए पनि हिजो पनि उक्त मुद्दाको सुनुवाई हुने सम्भावना भने कम थियो । किनकि पेसी सूचिको १० औँ नम्बरमा परेकाले यसै पनि पालो आउने स्थिति थिएन । अर्कोतिर यसअघि राहदानीलगायत प्रकरणमा सर्वोच्चमा मुध्दा चल्दा रविको कानुनी सहयोगी रहेका कारण न्यायाधीश पोखरेले मुद्दा नहेर्ने सम्भावना पनि थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष