पारिश्रमिकता,वैदेशिक र स्थानीय भत्ता घट्दा यी शीर्षकमा बढ्यो बजेट

सरकारले चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा कर्मचारीको पारिश्रमिकता शीर्षकमा बजेट घटाएको भेटिएको छ । सरकारले आगामी बर्षका लागि कर्मचारीको पारिश्रमिक शीर्षकमा १ खर्ब २२ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ । कर्मचारी र पदाधिकारीको पारिश्रमिक शीर्षकको चालु आर्थिक बर्षमा भन्दा आगामी आर्थिक बर्षमा घटाइएको हो । चालु आर्थिक बर्षमा १ खर्ब २४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ बजेट छुट्टाइएको थियो । बजेटमा कर्मचारीको वैदेशिक भत्ता चालु आर्थिक बर्षभन्दा झण्डै २ करोडले घटाइएको छ । चालु आर्थिक बर्षमा यो शीर्षकमा ९१ करोड ७९ लाख छुट्टाइएको थियो । आगामी आर्थिक बर्षका लागि यही शीर्षकमा ८९ करोड ८७ लाख विनियोजन गरिएको छ । यस्तै स्थानीय भत्ता शीर्षकमा बजेट झण्डै ७० करोडले घटाइएको छ । स्थानीय भत्ता रकम चालु आर्थिक बर्षमा १ अर्ब ९३ करोड ३९ लाख छुट्टाइएकोमा आगामी आर्थिक बर्षका लागि १ अर्ब २० करोड ८८ लाख रुपैयाँमा झारिएको छ ।

बिज्ञापन

कर्मचारीको पारिश्रमिकता,स्थानीय भत्ता र वैदेशिक भ्रमण भत्ता शीर्षकमा कर्मचारीको बजेट घटे पनि सरकारले कर्मचारीका लागि प्रोत्साहन तथा पुरस्कार,मंहगी भत्ता,बैठक भत्ता,स्थानीय भत्ता,तालिम,फिल्ड भत्तामा भने चालु आर्थिक बर्षको भन्दा बढी रकम विनियोजन गरिएको भेटिएको छ । कर्मचारीको प्रोत्साहन तथा पुरस्कार शीर्षकमा मात्र झण्डै १५ करोड बढी रकम विनियोजन गरिएको छ । आगामी आर्थिक बर्षमा कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा ५४ करोड ५ लाख रुपैयाँ छुट्याएको छ । चालु आर्थिक बर्षमा यो ३९ करोड २० लाख रुपैयाँ रहेको थियो । यो चालु आर्थिक बर्षको भन्दा १५ करोडले बढी हो ।

बिज्ञापन

यस्तै कर्मचारीको महंगी भत्ता पनि चालु आर्थिक बर्षभन्दा बढाइएको छ । चालु आर्थिक बर्षमा महँगी भत्ताको रकम ६ अर्ब ९५ करोड ५ लाख रहेकोमा आगामी आर्थिक बर्षका लागि यही शीर्षकमा ७ अर्ब १ करोड ५७ लाख बजेट छुट्टाइएको छ । यो चालु आर्थिक बर्षको भन्दा ६ करोड ५२ लाखले बढी विनियोजन गरिएको हो । यस्तै कर्मचारीको बैठक भत्ता चालु आर्थिक वर्षमा २२ करोड ५७ लाख रहेकामा आगामी वर्षका लागि २ करोड २२ लाख थपेर २४ करोड ७८ लाख रुपैयाँ छुट्टाइएको छ । यस्तै कर्मचारीको तालिम शीर्षकमा १ अर्ब ६२ करोड ३१ लाख बजेट विनियोजन भएको थियो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा ३८ करोडले बढाइएको छ । अघिल्लो आर्थिक बर्षमा यही शीर्षकमा १ अर्ब २४ करोड ७५ लाख छुट्टाइएको छ ।

यस्तै अन्य भत्ता शीर्षकमा ११ करोड बढी बजेट विनियोजन गरिएको छ । चालु आर्थिक बर्षका लागि १ अर्ब ६८ करोड १६ लाख छुट्टाइएकोमा आगामी आवका लागि यही शीर्षकमा १ अर्ब ७७ करोड १२ लाख र फिल्ड भत्ता १ करोड २० लाखमा झण्डै २४ करोड रकम थपेर आगामी आर्थिक बर्षका लागि १ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीको सामाजिक सुरक्षा शीर्षकको खर्च २ अर्ब ६२ करोड ६८ लाखबाट २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ पु¥याइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

पाँच अध्यादेश ल्याउँदै सरकार,राष्ट्रपति परामर्शमै

सरकारले दुई सातामै दोश्रो पटक बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारी कोही राजीनामा दिँदै,केही बिदा बस्दै

संघीय निजामती सेवा विद्येयकमा ६ हजार बढी सुझाव,अधिकांश व्यक्तिकेन्द्रित

स्टार्टअप इकोसिस्टम सुदृढीकरणमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको अग्रसरता : नीति, लगानी र नवप्रवर्तनमार्फत आत्मनिर्भर अर्थतन्त्रतर्फ नेपाल

सेटिङका मास्टर सचिव सिग्देल : अकुत सम्पत्ति, ओम अस्पताल र सरकारी जग्गा विवादमा घेराबन्दी

बिशेष