मन्त्रालयका राम्रा काम देखेर स्वार्थसमूहले अफवाह फैलाइरहेका छन् :- श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका काम देखी आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् ।

बिज्ञापन

आफूलाई बदनाम गरी राजनीतिक अभीष्ट पूरा गर्न श्रममन्त्री, श्रममन्त्रीको सचिवालय, मन्त्रालयका कर्मचारी, मन्त्रीका आफन्त र साथीभाइलाई जोडेर अफवाह फैलाउने प्रयास भइरहेकाले त्यस्ता कुनै हल्लामा विश्वास नगर्न मन्त्री अर्यालको आग्रह छ । मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैलाइएका कुनै पनि दुर्नियतका हल्लामा विश्वास नगर्न उनले आग्रह गरेका हुन् । ‘हामीले गोप्य रुपमा कुनै निर्णय गर्दैनौँ । कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रुपमा नै सूचना जारी गर्छौँ । त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु,’ उनले भने ।

बिज्ञापन

रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने, आन्तरिक रोजगारी र स्वरोजगारीलाई प्रबद्र्धन गर्ने काममा मन्त्रालय लागि परेको उनको भनाई छ । मन्त्री वा मन्त्रालयसँग सम्बन्धित व्यक्ति वा संस्था वा निकायले ठगी गरेको शंका लागे मन्त्रालयको सचिवालय, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय वा श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष