भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग,उजुरी पुग्यो गृहदेखि अख्तियारसम्म

अध्यागमन कार्यालयमा अझैं भिजिट भिषाको नाममा सेटिङ धन्दा चलिरहेको उजुरी परेको छ ।

बिज्ञापन

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । मुलुकमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा लाखौं युवा विदेशिएका हुन् । यो क्रम घट्नुको सट्टा बढेको अवस्था जारी छ । विदेश जानेको संख्या बढेसँगै मानव तस्करी पनि मौलाएको छ । वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाएको बताइन्छ । विदेशको सपना देखाएर, प्रलोभनमा पारेर युवायुवतीलाई गैरकानुनी माध्यमबाट विभिन्न मुलुक पुर्याइएको छ । मानव तस्करीको एउटा गतिलो माध्यम बनेको छ ‘भिजिट भिसा’ । सेटिङ्गमा भिजिट भिसामा सर्वसाधारणलाई विदेश पठाइएको र मानव तस्करी गरेको आरोपमा केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका केही अधिकृत र ट्राभल एजेन्सीका सञ्चालकहरु पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

बिज्ञापन

गृह मन्त्रालयले तयार पारेको ६ बुँदे मापदण्ड लाई लत्याउँदै अध्यागमन कार्यविधि को दफा ३,३ दशमलव १ को गलत व्याख्या गरी यात्रुहरूलाई अनावश्यक हैरानी र दुख दिने र यात्रुहरूले गुनासो गरेका छन् । अध्यागमनका कर्मचारीहरुसँग मेलोमेसो मिलाउने कर्मचारीहरु प्रस्थान अनुमति दिइएको तर कर्मचारीसँग सेटिङ मिलाउन नसक्ने कर्मचारीलाई फिर्ता पठाउने गरेको गुनासो अख्तियार,गृह मन्त्रालयसम्म पुगेको छ ।

अस्ति बुद्ध पूर्णिमाकै राती हिमालयन एयरको उडान नं एच ९७६५ बाट भिजिट भिसामा दुबई जान लागेको केही यात्रुलाई एयरपोर्ट अध्यागमनका परियार थरका अधिकृतले यात्रुहरूलाई आवश्यक पर्ने सम्पुर्ण मापदण्ड पूरा गर्दा पनि ३ घण्टासम्म कुराएको तर भित्र कर्मचारी मिलाएका २०० यात्रुलाई सेटिङमा प्रस्थान अनुमती दिएको तर गुनासो तथा उजुरी अख्तियार र गृहमा पुगेका हो ।

बिज्ञापन

तिमीहरुको नाम आएको छैन टिकट बनाउनेलाई नाम पठाउन भन नत्र फर्काईदिन्छौ भनेर धम्की दिई फिर्ता गरेकोले उनीमाथि आवश्यक कारवाही गरी क्षतिपुर्ति दिलाई माग्दै गृह र अख्तियारमा उजुरी परेको छ । यसले गृह मन्त्रालयले बनाएको मापदण्ले कर्मचारिको सेटिङलाई केही छुदैन भन्ने प्रष्ट पारेको छ । यति मात्रै नभएर गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन सम्बन्धमा बनाएको मापदण्डअनुसार कर्मचारी दोहोर्याएर नपठाउने भने पनि हाल आएका अधिकांश कर्मचारीहरू विवादित छविका र सेटिङमा पोख्त एवम् पैसा कमाउने अन्तिम उद्देश्य बोकेका कर्मचारीहरू रहेका छन् ।

यस अघि यही प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा मुद्दा चल्यो । पक्राउ परेकामध्ये अधिकांश सात लाख धरौटी बुझाएर छुटेका थिए । यसरी पक्राउ परेकाहरु सेटिङमा छुटेसँगै त्यहाँ रहेका अधिकृतहरुले यस्तो धन्दा र खेतीपाती फेरि जारी राखेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

बिशेष