आइटीका खेलाडी पौडेलसहित चार जना भ्रष्टाचारी ठहर

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

बिज्ञापन

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै जरिवाना हुने फैसलामा भनेको छ ।

बिज्ञापन

अख्तियारले गत वर्ष वैशाखमा विकल पौडेललगायत विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

पौडेललाई अदालतले दुई वर्ष कैद र दामासाहीले हुन आउने बिगो २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ जरिवाना भराउन आदेश दिएको छ।

बिज्ञापन

उनीसहित नवीनकुमार पोखरेल, रोहितमान प्रधान र भुवन महर्जनलाई पनि भ्रष्टाचारी ठहर गरिएको छ। अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिवाना दामासाहीसहित भराउन भनेको छ।

प्रधानको हकमा उक्त रकम बराबरको जरिवाना जफत गर्न भनिएको छ। महर्जनलाई भने ५ करोड ७९ लाख ६२ हजार १३५ रुपैयाँ बराबर जरिवाना हुने भनिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष