कर्मचारीले चोरे पशुपतिनाथको भेटी,कोषाध्यक्षकै निर्देशनमा दैनिक चोर्ने गरेको खुलासा

पवित्र धार्मिक तिर्थस्थल पशुपतिनाथलाई त्यहीका कर्मचारीबाट बचाउनु पर्ने स्थिति आएको छ । सुन जलहरी काण्डमा मुछिएर बदनामी कमाएका पशुपति क्षेत्र विकास कोषकै केही कर्मचारीहरु त्यहाँको भेटी चोरीमा संग्लग्न रहेको भेटिएको हो ।

बिज्ञापन

पशुपतिनाथ मन्दिरको भेटी चोर्दाचोर्दै एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । कोषको बाजा बजाउने काम गर्दै आएका अनिल परियारलाई सोमबार रंगेहात पक्राउ परेका हुन ।
पक्राउ परेका परियारले पशुपति क्षेत्र विकास कोष कोषाध्यक्षसहित तीन जनाको नाम पोलेका छन् । रंगेहात पक्राउ परेका परियारले आफूले विगत तीन/ चार महिनादेखि मन्दिरको भेटी चोरी गर्दै आएको र हरेक दिन १५ हजार जति भेटी चोर्दै आएको बताएका छन् । कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, नवराज ढोडारी र नवराज घिमिरेलगायतको निर्देशनमा पशुपतिको भेटी चोर्दै आएको र सो वापत आफूलाई दिनको १५ सय मिल्ने गरेको पनि बताएका छन् ।

बिज्ञापन

परियारले पोलेका सुवेदी राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी समेत हुन उनी ७८ पुसदेखि कोषको कोषाध्यक्षको जिम्मेवारीमा छन् । त्यस अघि उनी एक नीजि टेलिभिजनको सञ्चालक समिति सदस्य तथा कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारलाई रंगेहात पक्राउ गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भेटी चोरी पक्राउमा प्रहरीले अनिलसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशालामा राखेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

पाँच अध्यादेश ल्याउँदै सरकार,राष्ट्रपति परामर्शमै

सरकारले दुई सातामै दोश्रो पटक बढायो सार्वजनिक यातायातको भाडा

कर्मचारी कोही राजीनामा दिँदै,केही बिदा बस्दै

संघीय निजामती सेवा विद्येयकमा ६ हजार बढी सुझाव,अधिकांश व्यक्तिकेन्द्रित

बिशेष