कोलकोत्तामा ढुङ्गाना,भट्टलाई ग्वोन्जाओ

चार वटा महावाणिज्यदूतावासमध्ये भारत र चीनमा नयाँ महावाणिज्यदूत पठाउने तयारी चल्दैछ ।

बिज्ञापन

चीनको ग्वोन्जाओ, हङकङ, ल्हासा र कोलकोत्तामा महावाणिज्यदूतावास रहेको छ । जसमध्ये ग्वान्झाओ ६ महिनादेखी महावाणिज्यदूतविहिन छ । यस्तै आगामी असार अन्तिममा कोलकताको महावाणिज्यदूत ईश्वर पौडेल कार्यकाल सकिँदैछ । सरकारले यी दुई निकायमा हालैमात्र परराष्ट्र मन्त्रालयमा भित्रिएका सहसचिवलाई महावाािण्ज्यदूत बनाएर पठाउने गृहकार्य थाल्दैछ ।

बिज्ञापन

गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद्को बैठकद्वारा परराष्ट्रमा सरुवा गरिएकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रशासन महाशाखा हेर्ने सहसचिव नारायणप्रसाद भट्ट र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानालाई उत्तर र दक्षिणको महावाणिज्यदूत बनाएर खटाउन लागेको हो । भट्टलाई ग्वान्झाओ र ढुङ्गानालाई कोलकातामा महावाणिज्यदूत नियुक्त गरिने बुझिएको छ । परराष्ट्रअन्तर्गत आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्त गर्न ढिलाई भएपछि उनीहरुको सरुवा गरिएको थियो । उनीहरुलाई महावाणिज्यदूतमा छिट्टै नै नियुक्ति गरिने परराष्ट्र स्रोतले जनाएको छ ।
यता ल्हासामा महावाणिज्यदूत चलाइरहेका नवराज ढकाल र हङकङमा महावाणिज्यदूतमा उदय राना छन् । यी दुबै नुवाकोटे हुन र आगामी कार्तिक अन्तिममा कार्यकाल पूरा गरेर फर्किएसँगै ती स्थान पनि रिक्त हुँदैछन् ।

यता,हालै परराष्ट्र पुगेपछि भट्टको ठाउँमा जिल्ला प्रशासन कार्यालय,पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यलाई ल्याउने तयारी भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष