गृहका कर्मचारी सबैभन्दा अटेरी

राष्ट्रिय सतर्कता केन्द्रले गरेको एउटा अनुगमनका क्रममा गृह मन्त्रालयका कर्मचारी सबैभन्दा अटेरी भएको पाइएको छ । केन्द्रले आज शिक्षा,गृह,उद्योग र परराष्ट्र मन्त्रालयमा छड्के अनुमगन गर्दा एकै दिन त्यहाँका ४३ कर्मचारी छड्केमा परेका हुन । छड्केमा परेकामध्ये ३४ जना कार्यालय समयभन्दा ढिला पुगेका र ९ विना स्वीकृत अनुपस्थित रहेको भेटिएको केन्द्रले जनाएको छ । प्रशासन सुधारकका रुपमा आफूलाई प्रचार गर्ने रुचाउने एकनारायण अर्याल सचिव र रवि लामिछाने गृह मन्त्री रहेकै मन्त्रालयका कर्मचारीहरु चार मन्त्रालयमध्ये सबैभन्दा अटेरी भेटिएका हुन ।

बिज्ञापन

यस्तै शिक्षाका २७ कर्मचारी छड्केमा परेका हुन । जसमध्ये ७ अनुपस्थित,७ कार्यालय समयभन्दा ढिला,४ कार्यालयमा नभेटिएका र ९ जनाले तोकिएको पोशाक नलगाएको अवस्थामा भेटिएको हुन ।
केन्द्रका अनुसार,उद्योगका २ कर्मचारी तोकिएको समयभन्दा ढिला र २ ले तोकिएको पोशाक नलगाइ कार्यालय पुगेका थिए । यस्तै,परराष्ट्रका १० कर्मचारी कार्यालय सभयभन्दा ढिला पुगेका र ९ ले तोकिएको पोशाक नलगाएको अबस्थामा भेटिएको केन्द्रले जनाएको छ ।
केन्द्रले चार वटा मन्त्रालयमा अनुगमन गर्दा १६ कर्मचारी विना जानकारी अनुपस्थित रहेको,७८ कर्मचारी तोकिएको समयभन्दा ढिला,४ कार्यकक्षमा नभेटिएका र २० ले तोकिएको पोशाक नलगाएको भेटिएको केन्द्रले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष