नुर्वुलाई सफाइ दिने जिल्ला सरकारी वकिलको फाइल उच्चबाट फिर्ता

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु (नोर्बु) घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको थियो,गत वैशाख २१ गते । तर १५ दिनपछि उच्च सरकारी वकिलको कार्यालयले उक्त फाइलै फिर्ता पठाइदिएको छ ।

बिज्ञापन

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको सफाई दिने निर्णयमा कैफियत भेटेरै उच्च सरकारी वकिलको कार्यालयले यसमा कैफियत भनेको छ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचल्ने भन्दै पठाएको फाइल उच्च सरकारी वकिलको कार्यालयबाट फिर्ता भएको हो ।

बिज्ञापन

मानव बेचबिखनमा संलग्न रहेको आरोप लागेका गाउँपालिका अध्यक्षविरुद्ध मुद्दा नचलाउने भन्दै पठाएको फाइल उच्च सरकारी वकिलको कार्यालय, पाटनले फिर्ता पठाइदिएको हो ।

पीडितले दिएको निवेदनको आधारमा ९ बर्षपछि २८ चैत्रमा पक्राउ परेका नुर्वुलाई गत वैशाख २१ गते शुक्रवार सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो । नेपाल प्रहरीले लामो अनुसन्धानपश्चात् मुद्दा चलाउनुपर्ने निष्कर्षसहित हिरासतमा रहेका नुर्बुलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नासाथ प्रहरीलाई जिल्लाराम पार्दै सरकारी वकिलहरूले सफाइ दिने निर्णय गरेको थियो तर उच्च सरकारी वकिलको कार्यालय पाटनले थप अनुसन्धान गर्नुपर्ने विषयहरू भएकाले फाइल फिर्ता पठाइएको बताएको छ ।

बिज्ञापन

रसुवाको तत्कालीन यार्सा गाउँ विकास समितिले र हालका नौकुण्ड गाउँपालिकाका नोर्बुले ०७३ सालमा एक युवतीलाई कुबेत पठाइदिने भनी सविन शाह भनिनेसँग मिली भारतको नयाँदिल्ली हुँदै श्रीलंका पुर्‍याएका थिए । त्यहाँ पुर्याएर महिनौंसम्म बन्धक बनाएको आरोप उनीमाथि लागेको थियो । नेपाल आएपछि माइती नेपालको सहयोगमा विनिताले कुबेतमा जागिरका लागि पठाउने भन्दै हण्डर खुवाउने नुर्बु, सविन, भारतीय लक्ष्मी र श्रीलंकन आक्सविरुद्ध मानव बेचबिखन र ओसारपसारमा प्रहरीमा जाहेरी दिइन् । मतियारका रुपमा काम गरेका सविनविरुद्ध यस्ता १७ वटा जाहेरी परेका थिए । पाँच वटामा अनुसन्धान गरी उसलाई ३ वर्ष कैद तोकियो ।

नुर्बुको जाहेरीमा प्रहरीले लामो अनुसन्धान गरी पक्रिएर मुद्दा चलाउनुपर्ने निष्कर्षसहित सरकारी वकिल कार्यालयमा लिएर गयो । तर, जानासाथ सरकारी वकिलहरूले नुर्बु निर्दोष रहेको निष्कर्ष निकाली छाड्ने निर्णय गरिदिएका थिए ।

नुर्बु रसुवाका ठेकेदार नेता मोहन आचार्यका कार्यकर्ता र उनकै पेटी ठेकेदार हुन् । उनी नौकुण्ड गाउँपालिकाका निर्वाचित अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

बिशेष