नीति अनुसन्धान प्रतिष्ठानमा शर्मा नियुक्त

 

बिज्ञापन

नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् ।६ महिनादेखि रिक्त रहेको नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् । राष्ट्रले अख्तियार गर्नुपर्ने नीतिका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सिफारिस गर्ने थिंकट्यांक (विशेषज्ञ समूह) संस्था नीति अनुसन्धान प्रतिष्ठान गत फागुनदेखि नै रिक्त रहेकोमा ६ महिना पछि बल्ल नेतृत्व पाएको हो ।तीनवर्षे कार्यकाल सकेर अघिल्ला कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेती गत वर्ष १९ फागुनगतेदेखिद बिदामा बसेदेखि उक्त संस्था नेतृत्वविहिन अबस्थामा थियो ।

बिज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको हो । यस अघि खुला विश्वविद्यालयका उपकुलपति चलाइसकेका शर्मालाई आज बसेको क्याविनेटले थिंक ट्यांकको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रतिष्ठानमा अझैं अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ताको दुई–दुईजनाको दरबन्दी खाली छ । प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता र सहअनुसन्धानकर्ता ६–६ जना र विश्लेषक चारजनाको दरबन्दी छ । त्यस्तै, प्रशासनतर्फका दुई वरिष्ठ सहायकको पनि दरबन्दी खाली छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष