महिना दिनमै बहालवाला तीन मन्त्री रसुवामा :- सबैको जोड गोसाइँकुण्ड केबुलकार

बर्तमान गठनबन्धन सरकारका तीन मन्त्री रसुवा पुगेका छन् । पछिल्लो एक महिनाको अवधिमा रसुवा जिल्लामा एमाले अध्यक्ष केपी शर्मा ओली,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,रक्षा मन्त्री हरि उप्रेती र हिजैमात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी रसुवा जिल्ला पुगेर फर्किएका छन् । एमाले अध्यक्षसहित बहालवाला तीनै जना मन्त्रीले रसुवामा गोसाइँकुण्ड केबलकार निर्माण गर्ने बिषय प्रथामिकताका साथ उठान गरेका छन् ।

बिज्ञापन

हिजोमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी रसुवा पुगेका थिए । जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको आर्थिक बर्ष ०८०/ ८१ चैत्र मसान्त सम्मको समीक्षा कार्यक्रममा भाग लिन उनी रसुवा पुगेको थिए ।

बिज्ञापन

उक्त कार्यक्रममा मन्त्री जोशीले धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएर फर्किएका छन् । उनले धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड जान सहज बनाउनका लागि धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माण आवश्यक रहेको जनाए ।

गत वैशाख ७ गते उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रसुवा पुगेर फर्किए । गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा संयुक्तरूपमा आयोजित १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा रसुवा पुगेका मन्त्री महासेठले गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएर फर्किए । यस्तै उनले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने बताएका थिए ।

बिज्ञापन

यस्तै गत २२ वैशाखमा नेकपा एमाले रसुवा जिल्ला अधिवेशन कार्यक्रमको सिलसिलामा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री हरि उप्रेती रसुवा पुगेर फर्किसकेका छन् । ओलीले पनि गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष ओलीले केरुङ–काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमूनाका रूपमा आफूले सुरूगराएको सिस्नेखोला दहचोक काठमाडौँ सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेको उल्लेख गरेका थिए ।

यस्तै अघिल्लो सातामात्र शहरी विकास मन्त्रालयका सचिव इ मणिराम गेलाल रसुवा पुगेर फर्किएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

बिशेष