२२ उपसचिवको सरुवा :-४ अर्थबाट ‘आउट’,३ को गृहमा ‘इन्ट्री’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवहरुको सरुवा गरेको छ ।सामान्य प्रशासनले प्रशासन सेवा सामान्य प्रशसन समूहका २२ उपसचिवको सरुवा गर्दा अर्थबाट ४ उपसचिव बाहिरिएका छन् गृहमा तीन उपसचिव भित्रिएका छन् । रमाइलो चाहिँ एक उपसचिव साता दिनमै फेरि सरुवामा परेकी छिन् । उनलाई मन्त्रालयबाट आयोगतिर लखेटिएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,सञ्चारबाट सविता कार्की राष्ट्रिय महिला आयोगमा पठाइएको छ । शहरी मन्त्रालयमा कार्यरत सुर्य प्रसाद उपाध्याय गृह पुगेका छन् । सामान्यबाट मुक्ति मान सुवेदी उद्योग,सामान्य प्रशासन (अतिरिक्त)बाट मोहन कोइराला स्वास्थ्यमा सरुवा भएका छन् । अर्थबाट सीता कोइराला र मञ्जु अधिकारीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा खटाइएको छ ।
यस्तै अर्थबाटै सावित्रा कुमारी शर्मा र शिव न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा सरुवा गरिएको छ ।राष्ट्रिय समावेशी आयोगबाट कमल भट्टराई सामान्य प्रशासनमा आएका छन् । गृहबाट काशीराम गैरे भूमिमा पुग्दा सामान्यबाट टीकाराम ढकाल र सञ्चारबाट लक्ष्मीदेवी शर्मा गृहमा पुगेका छन् ।

बिज्ञापन

सामान्यको अतिरिक्त समूहबाट ईश्वरी पाण्डे राष्ट्रिय दलित आयोग,मुस्लिम आयोगबाट जानुका सुवेदीलाई महिला मन्त्रालयमा ल्याइदा उक्त मन्त्रालयमा कार्यरत सविता अर्याल रक्षामा पुग्दा केही दिन अघिमात्र रक्षामा सरुवा भएकी कविता निरौलालाई मुस्लिम आयोगमा पठाइएको छ । महिला आयोगबाट जमुना मिश्रलाई सञ्चारमा ल्याइएको छ भने भूमिबाट ऋृषि दाहाल महिला आयोगमा पुगेका छन् ।

यस्तै भूमिश्वर ढकाललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,शुसिला पन्तलाई राष्ट्रिय समावेशी आयोग,रामदत्त भट्ट सहरी मन्त्रालय र चिरञ्जिवी घिमिरेलाई स्वास्थ्यमा पठाइएको छ ।

बिज्ञापन

saruwa suchi

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष