जस्को एकल प्रयासले बच्यो १० अर्बको सरकारी सम्पत्ति

निडर र हक्की स्वभावका ओमप्रकाश अर्याल,तिनै अधिवक्ता हुन जस्ले लोकमान सिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडे र जित हासिल पनि गरे । चाहे केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई दुई पटक संविधानको चीरहरण गर्दा होस, उनै अर्याल रिट कहिले रिट बोकेर त कहिले पैरवीमै उत्रिएर ओलीका कदमलाई गलत सावित गर्न सफल रहे । ५५ सालदेखि कानुनी अभ्यास गरिरहेका ओमप्रकाश अर्याल संवैद्यानिक कानुनका जानकार हुन । जब जब संविधानमाथि प्रहार हुन्छ उनी रिट त्यसको रक्षार्थ खटिहाल्छन् । डेढ दशकदेखि न्याय र सुशासनका लागि कानुनी लडाई लडिरहेका अधिवक्ता हुन अर्याल ।
यिनै अर्याल अहिले हाइहाइका पात्र बनेका छन् । उनकै सक्रियता र एकल प्रयासमा देशको अरबौको सम्पत्तिलाई जोगाउन सफल भएका छन् । प्रंसग हो,झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) को । सर्वाेच्च अदालतले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला गरेको हो ।

बिज्ञापन

झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयका विरुद्ध अधिवक्ता अर्याल रिट बोकेर सर्वाेच्च अदालतमा पुगेका थिए ।

बिज्ञापन

गिरीबन्धु टी स्टेटले चिया बगानका लागि पाएको हदबन्दीभन्दा बाहिरको जग्गा प्लटिङ गरी बेचबिखन गर्न दिन नीतिगतरूपमै चलखेल भएको भन्दै उनले दायर गरेको रिटमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमा रहेको संवैधानिक इजलासले उक्त जग्गा सट्टापट्टामा दिने सरकारको निर्णय कानुनी प्रावधानअनुकूल नदेखिएको ठहर गरेको थियो। संवैद्यानिक इजलाशले हदबन्दी छुटमा जग्गा दिने निर्णय अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।

सर्वाेच्चको यो निर्णय सँगै सरकारको दशौ अरबको सम्पत्ति जोगिएको छ । काठमाडौंका मेयर वालेन साहले गुल्मी तम्घासका अर्याललाई आफ्नो कानुनी सल्लाहकार रोजेका छन् । अर्याल सानेपास्थित राइट्स ल फर्म सञ्चालक समेत हुन ।

बिज्ञापन

अधिवक्ता अर्याल इमान र निष्ठाका प्रतिक हुन भन्दा अत्युक्ति होला । जहाँ जहाँ अन्याय, अत्याचार हुन्छ,कानुनमाथि थिचो मिचो हुन्छ त्यही ढाल बनेर उत्रदै आएका छन्,अर्याल ।चाहे लोकमान सिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडेर जित हासिल गरेर होस वा केपी शर्मा ओलीले दुई दुई पटक संविधानको चीरहरण गर्दा होस, गिरिबन्धु टीको नाममा भूमाफियाहरुलाई पोस्न खोजे पछि उनै अर्याल रिट बोकेर,बहस पैरवीमै उत्रिएर राज्यको संविधान,सम्पत्ति जोगाउने कुरामा सदैव क्रियाशिल देखिन्छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष