हाम्रो पार्टी फुट्ने ? कस्ले भन्या’ यस्तो उडन्ते कुरा ?

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टी फुट्ने हल्ला पार्टीको अहित चाहनेहरुको दुस्प्रचारमात्र भएको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

पार्टीका १८ सांस्द नै माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्दछ भन्नेमा एक ढिक्का रहेको उल्लेख गर्दै पार्टी फुट्ने कुरा उडन्ते हल्लामात्र भएको बताएका हुन । उनले भने,हाम्रो पार्टीलाई सरकारमा नरहेका मान्छेहरुले फुटाइदिने होइन । संसदभित्र रहेका मान्छेले फुटाउन चाहँदा फुट्ने हो । कोही पनि यो पार्टी फुटाउने पक्षमा छैनौं भने पछि जसपा फुटको बाछिटा यहाँ पनि आइपुग्छ भन्ने कुरा आतंक श्रृजना गर्ने,हाम्रो पार्टीभित्र कम्फ्युजन श्रृजना गर्ने , एक–अर्काेमा शंका फैलाइदिने,नेता नेताबीच अविश्वास पैदा गराइदिने षडयन्त्रमात्र भएको प्रतिक्रिया दिएका हुन ।
उनले यो गठबन्धन विश्वासयुक्त गठबन्धन नभएको प्रतिक्रिया दिए । उहाँहरु हामीमाथि अपमानै अपमान गर्ने,होच्याउने ,अविश्वास छ । यस्तो अविश्वासयुक्त वातावरणमा बसेर कसरी हामी गठबन्धन भनेर हिड्न सक्छौं । यो गठबन्धनमा बसेर कसरी जाने भन्नेमा हाम्रो पार्टीभित्र भयंकर छलफल चलिरहेको छ । सहयात्रा कतिञ्जेल जाला ? जति दिन हामी गठबन्धनमा रहन्छौं । त्यतिञ्जेल हामीलाई नोक्सान हुँदै जान्छ । हाम्रो पार्टीमा समस्या पर्दै जान्छ भन्ने लाग्छ उनले भने ।

बिज्ञापन

यस्तै एकीकृत समाजवादी पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नरहेको उनले बताए । भने तत्काल हामीले सरकार छाड्ने सम्भावना छैन। एउटा घरको छानाबाट अर्को घरको छानामा पुग्ने भएपछि मात्रै हाम फाल्ने हो। त्यसैले अहिले तत्काल सम्भावना छैन।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष