कस्ले फैलायो ६ सांसद लिएर झलनाथले पार्टी फुटाउन लागेको हल्ला ?

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका छन्।
गत आइतबारमात्र जनता समाजवादी पार्टी दुई चिरा भएको छ । सात सांसदलाई लिएर अशोक राईले पार्टी फुटाएको घटना सेलाउन नपाउँदै राजनीतिक वृत्तमा अर्काे चर्चा र परिचर्चा चलिरहेको छ,पूर्व प्रधानमन्त्री खनालले ६ सांसद लिएर नेकपा एस पार्टी फुटाउन लागेको । तर खनालले भने, यो हल्ला केही अवाञ्छित, स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपले प्रचार गरेका जनाएकाछन्।

बिज्ञापन

खनालले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा प्रतिक्रियावादीहरूका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोसिस गर्दै गरेको उल्लेख छन् । त्यसले पार्टीव्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।

बिज्ञापन

खनालले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एकीकृत समाजवादी पनि फुट्दै छ भनेर गलत प्रचार भइरहेको भनी खनालले बुधबार विज्ञप्तिमार्फत भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरेका हुन्।

यस्तो छ उनको विज्ञप्ति

बिज्ञापन

पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बनौँ!
पार्टीको नीतिनिष्ठ एकतालाई खदिलो बनाऔँ

यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रूपले अघि बढ्दै छ। यही २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समीकरणले आकार लिएको छ। हाम्रो पार्टी पनि यही समीकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ। केही दिनअघि मात्र तत्कालीन ‘जनता समाजवादी पार्टी नेपाल’समेत विभाजित भएको छ। यही सिलसिलामा केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ। केही अवाञ्छित, स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टीव्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।

 

देश तथा प्रवासमा कार्यरत सम्पूर्ण कमरेडहरू!
पार्टीका समर्थक तथा शुभेच्छुक साथीहरू!
हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टी हो। यति बेला हाम्रो पार्टी आफ्नो पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा पुगिरहेको छ। हाम्रो पार्टी कम्युनिस्ट आन्दोलनको र पार्टी पुनर्गठनपछिका अनुभवहरूका सार संकलन गर्दै छ, हाम्रो देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरू पहिचान गर्दै छ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दै छ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई परिस्कृत र परिमार्जित गर्दै छ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिस्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दै छ, देशी, विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दै छ। त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्त्वहरू आतंकित भएका छन्। त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोसिस गर्दै छन्।

पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू!
प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टीविरोधी क्षुद्र तत्त्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ। क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खँदिलो र विस्तृत बनाऔँ, पार्टी महाधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ, हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रूपमा विकास गरौँ र आम जनतालाई गोलबन्द गर्दै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ।
२६ वैशाख, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष