के आपत आइलाग्यो नि कठै !

एकातिर भेपमार्फत सुन तस्करी काण्डको बकपत्र दिन अड्डा–अदालत धाउनुपर्ने, अर्कोतिर आफैं सरकारविरुद्ध लड्नुपर्ने एक जना सहसचिवले खेपिरहेको भुक्तमान हो यो ।

बिज्ञापन

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर २०७९ पुस १० मा चीनबाट ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो । त्यतिखेर विमानस्थल भन्सार प्रमुख थिए अरुण पोखरेल । उनैको सूचनाका आधारमा यो अनुसन्धान यहाँसम्म आइपुगेको हो । प्रारम्भिक अनुसन्धानदेखि भेप प्रकरणबारे फाइलिङ गरेर सिआइबी हुँदै अदालतसम्म बयान दिन पुग्ने उनै अहिले अपजसको भारी बोक्ने अवस्थामा पुगेका छन् ।

बिज्ञापन

विदेशी नागरिक जोडिएको अनुसन्धान आफ्नो एकल ल्याकतले नसक्ने भएसँगै उनले सिआइबीमा पुगेर प्रमाणसहित आफैंले उजुरी दिएका थिए । उनकै उजुरीपछि भेपमार्फत हुने सुन तस्करीको नयाँ रहस्य खुल्यो । कृष्णबहादुर महरासम्मलाई अनुसन्धानमा तानियो । बकपत्रका लागि उनै अरुण अहिले पनि अड्डा अदालत धाइरहेका छन् ।

पोखरेलले दिएको बकपत्रकै आधारमा नासु रेवन्त खड्काहरू जेल चलान भएका छन् । उनी आफैं पनि सरकारसँग भिड्नै पर्ने ठाउँमा आइपुगेका छन् । सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन गरेको आयोगले सुन तस्करीको सूचना दिने उनै पोखरेललाई समेत कारबाही सिफारिस गरेसँगै आफ्नो मोरल डाउन भएको बताउँछन्, पोखरेल । ७ नम्बर प्रदेशको आर्थिक मामिला सचिव भएका अरुण अहिलेलाई गृहको अतिरिक्त समूहमा थन्क्याइएको छ । यसरी सुन तस्करीको नेक्सस खोल्ने सहसचिवलाई नै सुन तस्करी जाँचबुझ आयोगले दोषी करार गरेको हो । सुन तस्करीमा माओवादी केन्द्रका नेताहरूको ‘कनेक्सन’ पत्ता लगाउन सहयोग गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि नै कारबाही सिफारिस गरिएको थियो।

बिज्ञापन

सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको घटनामा सिआइबीमा पुगेर उजुरी दिने र यो प्रकरणलाई यहाँसम्म ल्याउने सहसचिवलाई नै दोषी करार गरिएको छ । पोखरेलकै सूचनाका आधारमा ९ किलो सुन तस्करीमा कृष्ण बहादुर महराको कनेक्सन खुलाएका थिए। तर समितिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता वासुदेव शर्मा र जनक घिमिरेलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको छ। सहसचिवहरू झलकराम अधिकारी र अरूण पोखरेललाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। अरूण पौडेल विमानस्थल भन्सार कार्यालयका तत्कालीन भन्सार प्रशासक हुँदा उनको पनि कमजोरी देखाएर कारबाही सिफािरस गरिएको छ। विमानस्थल भन्सारका उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई समेत कारबाही गर्न भनिएको छ। उपसचिव श्रीधर टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदमा कार्यरत छन्। मुक्ति श्रेष्ठ भन्सार विभागका निर्देशक हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

बिशेष