काँग्रेस,एस र जसपा गठबन्धन सरकार निर्माणको ‘च्याप्टर क्लोज’

एकीकृत समावादीका अध्यक्ष माधव नेपालले जसपा पार्टीसँग मिलेर काँग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनका प्रयासको च्याप्टर अब क्लोज भएको छ ।

बिज्ञापन

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादव अमेरिका पुगेकै समयमा उनलाई सरप्राइज दिने गरी उनको १२ सिटे दलका सात सांसद अशोक राईपट्टि लागे सँगै माधव नेपालको वैकल्पिक गठबन्धन निर्माणको प्रयास पूर्णत विफल भएको हो । पूर्व शिक्षामन्त्री अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू निर्वाचन आयोग पुगेका,७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सो पार्टीका १२ मध्ये सात सांसद पार्टी विभाजनका लागि अहिले निर्वाचन आयोगमा पुगेका हुन । अशोक राईको नेतृत्वमा पूर्व वनमन्त्री बीरेन्द्र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।

बिज्ञापन

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । सोही प्रावधानमा टेकेर जसपा फुट्न लागेको हो । पार्टीको नाम जसपा र चुनाव चिह्न मुठ्ठी राख्ने गरी उनीहरूले निवेदन दिएसँगै उपेन्द्र यादवको पार्टी दुई चिरा भएको हो भने वैकिल्पक सरकार निर्माणको प्रयास खेर गएको छ ।
सरकार निर्माणका लागि १३८ सांसद चाहिने व्यवस्था छ । अहिले संघीय संसदमा कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, लोसपा ४, जनमत ६, नागरिक उन्मुक्ति ४, जनमोर्चा १ गर्दा १३९ सांसद पुग्ने अंकगणित थियो । तर उपेन्द्र यादवको पार्टी दुई चिरा भएर जसपाका १२ मध्ये ७ सांसद छुटेसँगै एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्ने र यही गठबन्धन लम्बिने सम्भवना बढेको हो ।

एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० पुग्ने हुन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष