‘सिडिओ हुन राजी हुन्छन् तर स्थानीय तहमा जानै मान्दैनन् उपसचिव’ :- मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीहरुले सिडिओ हुन हानथाप गर्ने तर प्रमुख प्रशासकीय अधिकृत हुन नचहाने विकृती रहेको उल्लेख गरेका छन् ।सहसचिवको दरबन्दी रहेका ११ उपमहानगरपालिकामध्ये ९ वटा अहिले पनि उपसचिवले चलाइरहेको उल्लेख गर्दै कतै कर्मचारी र कतै जनप्रतिनिधिले सरुवालाई व्यवस्थित गर्न अबरोध सिर्जना गरको प्रसंग जोड्दै उनले ११ वटा उपमहानगरपालिका मध्ये नौ वटा निमित्तको भरमा सञ्चालन भइरहेको जनाएका हुन ।

बिज्ञापन

स्थानीय तह प्रगति अनुगमन प्रणालीको शुभारम्भ गर्ने कार्यक्रममा संघीय मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जोशीले कर्मचारी सरुवाका यस प्रकारको विकृती रहेको उल्लेख गरेका हुन । उनले, सरुवाका लागि थेग्नै नसक्ने राजनीतिक दबाब आउने गरेको बताएका हुन । उनले कर्मचारी सरुवामा राजनीतिक दबाब थेग्नै मुस्किल भएको बताएका छन् ।

बिज्ञापन

उनले आफ्नो मन्त्रालयको नाम संघीय मामिला भएपनि काम भने कर्मचारी सरुवामा बित्ने गरेको बताए । सरुवामा राजनीतिक दबाब थेग्नै नसक्नेगरी आउँदोरहेछ । कतिपय अवस्थामा मैले पनि सकिन मन्त्री जोशीले भने । मन्त्री जोशीले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीको दबाबका कारण मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको बताए । उनले संघीय मन्त्रालयले संघीयताको भन्दा पनि कर्मचारी सरुवामा समय बिताउनुपरेको भन्दै स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन गर्नुपरेको उल्लेख गरे । कर्णाली, गण्डकी, लुम्बिनीका नगरपालिकामा उपसचिवको भरमा सञ्चालन भइरहेको जानकारी दिँदै उपसचिवहरु सिडिओ हुन राजी हुन्छन तर स्थानीय तहमा जान नमान्ने गरेको उल्लेख गरे ।

यस्तै डेढ सय भन्दा बढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत निमित्त छन् ।

बिज्ञापन

कर्मचारीले सिडिओ हुन राजी हुने तर प्रमुख प्रशासकीय अधिकृत हुन नमान्ने गरेको अनुभव सुनाउँदै उनले सरुवा प्रणालीको व्यवस्थापन नगरे सँधै समस्या हुने बताए । कोही कर्मचारी जहिल्यै उपत्यकामै घुम्ने, कोही कर्णालीमै बस्नुपर्ने परिपाटीको अन्त्य गराउन आफूले कार्यविधि तयार गर्न लागेको जानकारी उनले दिए । उनले आर्थिक बर्षको अन्त्यमा कर्मचारी सरुवा गर्ने थितिको अन्त्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सशस्त्र प्रहरी महानिरीक्षकमा पाैडेल नियुक्त

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

बिशेष