सचिवहरुको सरुवामा भयो त न्याय ?

विशेषज्ञता छ,एकातिर सरकारले जिम्मेवारी र खटन पटन अर्कैतिर गर्दा प्रशासन संयन्त्र भताभुङ हुन पुगेको छ । सरकार र मन्त्रीहरु फेरिने वित्तिकै सचिवहरुलाई भकुण्डो बनाउने काम यो सरकारले जारी राखेको छ ।
नयाँ गठबन्धन बने यता यो सरकारले किस्ता किस्तामा गरेर २८ जना सचिवहरुलाई भकुण्डो बनाइसकेको छ । रोचक चाहिँ दुई दिन अगाडि एक कार्यालयमा पठाइएका सचिव अर्काे मन्त्रालयमा पुग्छन, दुई महिना अगाडिमात्र एउटा मन्त्रालयमा सरुवा गरिएको सचिवलाई किन त्यहाँ लगिएको हो,थाहा पत्तो नहुँदै फेरि अर्कैमा सारिन्छ । अनि कृषिका विज्ञलाई वनतिर,वनका ज्ञातालाई कृषि र पशुपक्षीतिर हुत्याइन्छ । गठबन्धन फेरिएर वर्तमान सरकार बने यता २८ जना सचिवहरुको सरुवामा परिसकेका छन् । पछिल्लो पटकमात्र सरकारले पाँच डाक्टर सचिवसहित एक महिला सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । सचिव सुरेश अधिकारी घर फर्किएसँगै रिक्त रहेको शिक्षा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दीपक काफ्लेलाई ल्याइएको छ । काफ्ले दुई महिना अगाडिमात्र पर्यटनमा पुगेका थिए । उनी शिक्षाकै क्याडर हुन्।

बिज्ञापन

यस्तै प्राविधिकतर्फको वन र कृषिका सचिवहरुको सरुवामा उल्टो काम भएको प्रशासनिक बृत्तमा चर्चा छ । डा दीपककुमार खराल वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकासमा सरुवा भएका छन् । अर्का सचिव डा गोविन्दप्रसाद शर्माको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै डा रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा पुगेका छन् भने राधिका अर्याल लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालबाट उपराष्ट्रपतिको कार्यालयमा तानिएको छ ।

वन मन्त्रालयकै क्याडरका रूपमा रहेका वन सचिव डा दीपक खराललाई कृषि तथा पशुपंक्षी मन्त्रालयको पशुपंक्षी हेर्ने सचिवमा सरुवा गरिएको छ भने कृषिका क्याडरका रूपमा रहेका कृषि सचिव डा गोविन्द शर्मालाई वन तथा वातावरण मन्त्रालयको सचिवको रूपमा सरुवा गरिएको छ। डा शर्मा वन मन्त्रालय र मातहतका निकायमा कहिल्यै पनि नबसेका सचिव हुनुहुन्छ। तर, अहिले उहाँलाई वन सचिवका रूपमा पठाउँदा उहाँलाई काम गर्न असहज हुने वन मन्त्रालयकै कर्मचारीको भनाइ छ। वन सचिवको रूपमा रहेका डा खराल वन विज्ञ हुन । लुम्बिनी प्रदेश भने रिक्त राखिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

बिशेष