निकुञ्जको कुर्सी र थर्मस फुटाएपछि काँग्रेसको टोली ज्ञापन पत्र बोकेर सीडियोकोमा

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ ।

बिज्ञापन

तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने थर्मस फुटेको जनाइएको छ ।

बिज्ञापन

विभिन्न जलविद्युत परियोजनाहरुले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी काम गरिरहेको र त्यसमा निकुञ्जले सघाएर केही कर्मचारीहरु मोटाउँदै आएको काँग्रेसीहरुको आरोप छ । विभिन्न जलविद्युत परियोजनाहरु निर्माणका क्रममा स्थानीयहरुको घर जग्गा नै जोखिममा पर्ने गरी काम गर्दा समेत निकुञ्ज निरिह देखिएको उनीहरुको आरोप छ ।  आफूखुसी आइइए गरेको,पालिकाहरुसँग समन्वय नगरेको,कोषको रकम मनलाग्दी ढंगले खर्च गरेको,मनलाग्दी कर्मचारी भर्ती गरिएको लगायतको बिषयमा काँग्रेस निकट भातृसंगठनहरुले आपत्ति जनाउँदै आएका छन् ।

निकुञ्जको कार्यालयका थर्मस र कुर्सी तोडफोड गरे पछि यही समूह अहिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय,धुन्चे पुगेको छ ।  प्रमुख जिल्ला अधिकारी खनालले दुबै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको कर्मचारी प्रेसलाई बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष