स्वास्थ्यका १० कर्मचारीको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ औं र १० औं तहका १० कर्मचारीहरुको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मन्त्रालयले १० औं तहका ९ जना र नवौं तहका १ जना  गरी १० जना कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा भएका १० औं तहका रबिभुषण सुवाल,डा लुना शर्मा,डा अमर पौडयाल,डा प्रज्वल पौडेल,डा मधुसुदन कायस्थ,डा सन्जीतकुमार श्रेष्ठ,डा काशी खतिवडा,डा सुरेन्द्रलाल श्रेष्ठ लगायत रहेका छन् । यस्तै ९ औं तहका बिद्या बाँस्तोलाहरु सरुवामा परेका छन् ।

बिज्ञापन

मन्त्रालयले भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट ईएनटी सजर्न दशौँ तहका रबिभुषण सुवालको वीर अस्पतालमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुल दरबन्दीमा पदस्थापन भई बीर अस्पतालमा कामकाजमा रहेका बरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट दशौ तहका डा लुना शर्माको कार्यरत अस्पतालमा नै खटाएको छ ।

बिज्ञापन

यस्तै,परोपकार तथा प्रसुति तथा स्त्रीरोग अस्पतालमा दरबन्दी रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश कार्यालय अन्तरगत कामकाजमा रहेका बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन दशौ तहका डा अमर पौडयाललाई मुख्यमन्त्री तथा मीन्त्रपरिषद्को कार्यालय सुदूरपश्चिममा खटाएको छ ।
सरुवाको सूची अनुसार,परोपकार तथा प्रसुति तथा स्त्रीरोग अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौ तहका डा प्रज्वल पौडेलको कार्यरत अस्पतालमा नै कायम गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा दरबन्दी रहेर वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौँ तहका डा सुरेन्द्रलाल श्रेष्ठको सोही अस्तालमा कायम गरिएको छ ।

कान्ति बाल अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा.मधुसुदन कायस्थको कार्यरत अस्पतालमा नै कायम गरेको छ भने सोहि अस्पतालमा नै कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा.सन्जीतकुमार श्रेष्ठलाई पनि कार्यरत सोही अस्पतालमा नै कायम राखेको छ । सिंहदरबार वैद्यखाना विकास समितिमा पदस्थापन भएर आयुर्वेद चिकित्सालय नरदेवीमा कामकाजमा रहेका बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ दशौँ तहका डा काशी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

बिज्ञापन

वीर अस्पतालमा दरबन्दी रहेर पश्चिमाञ्जल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा रहेका अस्पताल नर्सिङ प्रशासक नवौ तहका बिद्या बाँस्तोलालाई सोहि अस्पतालमा कामय गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दरबन्दी रहेर कान्ति बाल अस्पतालमा कामकाजमा रहेका डा सुमनविक्रम अधिकारीको कामकाजमा रहेकै अस्पतालमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष