आइटीका खलनायक :-विकललाई अख्तियारको हिरासत, सुनिल डिल्लीबजार कारागार चलान

व्यक्ति जतिसुकै शक्तिशाली भए पनि अपराध गरेपछि एक न एक दिन कानुनको कठाघरामा उभिनैपर्छ । शक्ति केन्द्रको आडमा राज्यकोषको करोडौं ब्रह्मलुट गरेर रकम विदेश ओसार्दा पनि विगतमा छुट पाउँदै आएका थिए सुनिल र विकल पौडेलले । अहिले यी मध्ये एक अख्तियारको हिरासतमा र अर्काे डिल्लीबजार कारागारमा चलान भएका छन् । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सुनिल कारागार चलान भएका छन् ।

बिज्ञापन

कुनै समय नेपालको सूचना प्रविधि क्षेत्रमा सुनिल र विकल पौडेलहरुकै चकचकी थियो । यी दुइमाथि उपर अहिले अख्तियारले एक पछि अर्काे भ्रष्टाचार मुद्धा चलाइरहेको छ । नेपालको सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चिनिएका विकल अहिले अख्तियारको हिरासतमा छन् । शुक्रवारमात्र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नेशनल पेमेन्ट गेटवेको भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेषले नेशनल पेमेन्ट गेटवे प्रकरणमा मुछिएका ९ मध्ये सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको थियो । विशेष अदालतले उनै सुनिललाई थुनामा पठाउन आदेश दिएको छ । विशेषको आदेशसँगै सुनिल सुनिल पौडेल डिल्लीबजार जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अवैध सम्पत्ति लुकाउनसक्ने भन्दै अदालतले थुनामा पठाएको हो । पौडेलद्धयलाई अख्तियारले गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।

बिज्ञापन

यता अहिले अख्तियारको हिरासतमा रहेका विकल पौडेलमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा आइतबार विशेषमा मुद्दा दायर गरेको हो । अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएका विकललाई उक्त कुरा ढाँटेर सार्वजनिक पदमा नियुक्ति खाएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । आइटीका डन मानिएका र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनी अख्तियारको हिरासतमा छन् । उनीहरुमाथि नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा रकम जम्मा गरेको, सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको आरोप लागेको छ ।

त्यस्तै, विकल पौडेलको हकमा उनले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति (पीआर) समेत लिएको देखिएसँगै पौडेललाई विशेष अदालतमा मुद्धा दायर गरेको हो । यिनै विकलसँग अनुचित लेनदेनमा मुख्यसचिव बैकुण्ठ अर्याल जोडिएको प्रमाणसमेत सार्वजनिक हुँदा समेत अर्याललाई भने अख्तियारले सुन पानी छर्किदै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष