नेपाल टेलिकमका पूर्व हाकिमविरुद्ध २५ करोडको भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध अख्तियारले यो दोश्रो मुद्धा चलाएको हो । नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको तीन दिन पछि अख्तियारले पौडेलविरुद्ध आइतबार अर्काे मुद्धा विशेष अदालतमा दायर गरेको हो ।

बिज्ञापन

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ ।उनको वैध आय १ करोड १९ लाख २४ हजार ४८६ रुपैयाँ रहेकोमा व्यय २४ करोड ९४ लाख ७१ हजार १७१ रुपैयाँ रहेको देखिएपछि मुद्दा दायर भएको हो ।​​

बिज्ञापन

आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ । आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।

बिज्ञापन

यस्तै विकल पौडेलविरुद्ध समेत अख्तियारले आजै अर्काे मुद्धा दायर गरेको छ । नेपाल सूचना प्रविधि क्षेत्रका खलनायकका रुपमा चित्रित यी दुबै भाइ अहिले अख्तियारको हिरासतमा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष