६० रोपनी जग्गामा प्रशासनिक प्लाजा,सबै विभाग एकै ठाँउमा

संघीय सरकारको मन्त्रालयहरु एकै ठाँउमा रहेझैं सरकारले विभिन्न विभागहरुलाई एकै ठाँउमा रहने गरी प्रशासनिक भवन निर्माण गर्ने गृहकार्य अगाडि बढाएको छ । सिंहदरबारमा सबै मन्त्रालय रहेजस्तै बबरमहलमा सरकार मातहतका विभिन्न विभागहरु रहने गरी प्रशासनिक प्लाजा निर्माणको गृहकार्यमा जुटेको छ,सहरी विकास तथा भवन निर्माण विभाग ।

बिज्ञापन

अहिले संघीय सरकारका विभिन्न विभागहरु छरिएर रहेका छन् ती विभागहरुलाई एकै ठाउँमा राख्ने सोचका साथ विभागले यो प्रोजेक्ट अगाडि बढाएको हो ।
यस्तो भवन सरकारको लागतमा नभई नीजि क्षेत्रको लगानीमा बनाउन खोजिएको सहरी विभागले जनाएको छ । बबरमहलमा अवस्थित ६० रोपनी जग्गामा १८ तलाको आधुनिक भवन बनाउने योजना अगाडि बढाइएको छ । ३० हजार २१ वर्गमिटरमा फैलिएको ठाउँमा एउटै भवनभित्र केन्द्रीकृत सरकारी कार्यालयहरू हुनेछन्।

बिज्ञापन

ववरमहलमा अवस्थित वन विभाग,कर कार्यालय लगायतका सरकारी कार्यालयहरु रहेको उक्त स्थानमा प्रशासनिक भवन बनाउन खोजिएको र उक्त प्रशासनिक प्लाजामा नेपाल सरकारका केन्द्रीय स्तरका सबै विभागहरु राख्न खोजिएको विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले जनाए । उक्त प्रशासनिक प्लाजामा आधुनिक पूर्वाधारसहित सम्मेलन कक्षहरू, बैठक हलहरूसहित प्रशासनिक सुविधाहरू हुने बताइएको छ । यसको अवधारणा पाँच बर्ष अगाडि नै अघि बढेको भए पनि लगानीको सुनिश्चितता हुन नसक्दा अलपत्र परेको थियो । एकातिर लगानी सुनिश्चितता अर्काेतिर रहेका सरकारी कार्यालयहरुलाई कहाँ लगेर राख्ने भन्ने अन्योलताका कारण अगाडि बढ्न सकेको थिएन । अहिले यो प्रोजेक्टलाई लगानी सम्मेलनमा शोकेस गर्न लागिएको विभागले जनाएको छ ।

यहि बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा शोकेस गर्न लागिएको विभागले जनाएको छ । विदेशी लगानी भित्र्याएर १७ तलाको आधुनिक भवन बनाउने योजना अघि सारिएको हो त्यही कारण लगानी सम्मेलनमा यस्लाई शोकेस गर्न लागिएको हो विभागका महानिर्देशक कुमार घिमिरेले कर्मचारी प्रेसलाई जनाए ।

बिज्ञापन

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा १० अर्ब २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष