हिमाल आरोहण गर्न ४३ देशका ५३६ आरोहीले लिए अनुमति

वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथाका अलवा नेपालका २१ वटा हिमाल आरोहण गर्न ४३ मुलुकका ५ सय ४३ जनाले अनुमति लिएका छन् ।

बिज्ञापन

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ४३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा ६१ समूहका ४ सय २४ पुरुष र १ सय १९ महिलाले आरोहण अनुमति पाएको विभागले जनाएको छ ।

बिज्ञापन

जसअनुसार,विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि २२ समूहका २ सय ३४ जनाले अनुमति लिएका छन् । यसरी अनुमति लिनेमध्ये ४२ महिला र १९२ पुरुष छन् ।

पर्यटन विभागका अनुसार सगरमाथाबाट मात्र सरकारलाई ३३ करोड २७ लाख ३७ हजार रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। अनुमति लिनेमध्ये सबैभन्दा धेरैले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोश्रोमा अमादब्लम (६८१४ मिटर)का लागि ६ समूहका ६६ जनाले अनुमति लिएका छन्।

बिज्ञापन

यस्तै मकालु (८४६३ मिटर) को लागि चार समूह का ४५ जनाले अनुमति लिएका छन्। चौथोमा लोत्से (८५१६ मिटर) को लागि ४ समूहका ४० जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिनेमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

बिशेष