हिमाल आरोहण गर्न ४३ देशका ५३६ आरोहीले लिए अनुमति

वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथाका अलवा नेपालका २१ वटा हिमाल आरोहण गर्न ४३ मुलुकका ५ सय ४३ जनाले अनुमति लिएका छन् ।

बिज्ञापन

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ४३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा ६१ समूहका ४ सय २४ पुरुष र १ सय १९ महिलाले आरोहण अनुमति पाएको विभागले जनाएको छ ।

बिज्ञापन

जसअनुसार,विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि २२ समूहका २ सय ३४ जनाले अनुमति लिएका छन् । यसरी अनुमति लिनेमध्ये ४२ महिला र १९२ पुरुष छन् ।

पर्यटन विभागका अनुसार सगरमाथाबाट मात्र सरकारलाई ३३ करोड २७ लाख ३७ हजार रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। अनुमति लिनेमध्ये सबैभन्दा धेरैले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोश्रोमा अमादब्लम (६८१४ मिटर)का लागि ६ समूहका ६६ जनाले अनुमति लिएका छन्।

बिज्ञापन

यस्तै मकालु (८४६३ मिटर) को लागि चार समूह का ४५ जनाले अनुमति लिएका छन्। चौथोमा लोत्से (८५१६ मिटर) को लागि ४ समूहका ४० जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिनेमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष