सचिव नियुक्ति विवाद :- ढुंगनाको इजलाशमा हुँदैछ सुनुवाई

राष्ट्रिय मानव अधिकार आयोगको सचिव नियुक्ति विवादमा अदालतमा प्रवेश गरेको छ । ३३ महिनादेखि मानव अधिकार आयोगमा सचिव नियुक्तिका लागि मुरारिप्रसाद खरेलको नाम सिफारिस गरेको छ । खरेलको नाम यस अगाडि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिजेक्ट गरेको थियो । फेरि उनै खरेलको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। तर, मानव अधिकार आयोगको सिफारिस शंकास्पद देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकृत गरेर पारदर्शी ढंगले सिफारिस गरेर पठाउन पत्रै काटेको थियो । सामान्यतया कायममुकायम पद बढीमा ६ महिनाका लागि दिइन्छ, तर उनी तीन बर्ष पुग्न लाग्यो कामूका रुपमा काम गरिरहेको ।
खरेललाई सचिव बनाउने बिषयमा आयोगका पदाधिकारीहरु विभक्त भएका छन्। आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा. सूर्यप्रसाद शर्मा ढुंगेल, मनोज दुवाडी खरेललाई सचिव बनाउने पक्षमा छन् भने मिहिर ठाकुर र लिली थापा त्यसको विपक्षमा । सचिव हुने लाइनमा मुरारीप्रसाद खरेल, यज्ञप्रसाद अधिकारी र डा टीकाराम पोखरेल गरी तीन जना उम्मेदवार रहेकोमा आयोगले खरेललाई सिफारिश गरेको थियो ।

बिज्ञापन

तिनैमध्येका एक यज्ञप्रसाद अधिकारी सर्वाेच्च अदालतमा पुगेका हुन । उक्त रिटको प्रारम्भिक सुनुवाइ ९ नम्बरको इजलाशमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा हुँदै छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जस्ले गिराएका छन्,निजामतीको शाख

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

बिशेष