सचिव नियुक्ति विवाद :- ढुंगनाको इजलाशमा हुँदैछ सुनुवाई

राष्ट्रिय मानव अधिकार आयोगको सचिव नियुक्ति विवादमा अदालतमा प्रवेश गरेको छ । ३३ महिनादेखि मानव अधिकार आयोगमा सचिव नियुक्तिका लागि मुरारिप्रसाद खरेलको नाम सिफारिस गरेको छ । खरेलको नाम यस अगाडि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिजेक्ट गरेको थियो । फेरि उनै खरेलको नाम सिफारिस गरेको छ ।

बिज्ञापन

सामन्यता अयोगले सचिव बढुवा सिफारिस गरेपछि मन्त्रिपरिषद्ले अस्वीकार गर्दैन। तर, मानव अधिकार आयोगको सिफारिस शंकास्पद देखिएपछि प्रधानमन्त्री कार्यालयले त्यसलाई अस्वीकृत गरेर पारदर्शी ढंगले सिफारिस गरेर पठाउन पत्रै काटेको थियो । सामान्यतया कायममुकायम पद बढीमा ६ महिनाका लागि दिइन्छ, तर उनी तीन बर्ष पुग्न लाग्यो कामूका रुपमा काम गरिरहेको ।
खरेललाई सचिव बनाउने बिषयमा आयोगका पदाधिकारीहरु विभक्त भएका छन्। आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा. सूर्यप्रसाद शर्मा ढुंगेल, मनोज दुवाडी खरेललाई सचिव बनाउने पक्षमा छन् भने मिहिर ठाकुर र लिली थापा त्यसको विपक्षमा । सचिव हुने लाइनमा मुरारीप्रसाद खरेल, यज्ञप्रसाद अधिकारी र डा टीकाराम पोखरेल गरी तीन जना उम्मेदवार रहेकोमा आयोगले खरेललाई सिफारिश गरेको थियो ।

बिज्ञापन

तिनैमध्येका एक यज्ञप्रसाद अधिकारी सर्वाेच्च अदालतमा पुगेका हुन । उक्त रिटको प्रारम्भिक सुनुवाइ ९ नम्बरको इजलाशमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा हुँदै छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष