कर्मचारीका काइते काम त कति हो कति !

कोही कर्मचारीको हालत अक्सिजन लगाएको बिरामीजस्तो’, हाइप्रोफाइल अड्डामा बस्न नपाए छट्पटीमा परिहाल्ने । मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म मिलाउने क्षमता भएका खेलाडी कर्मचारीलाई अवसरमाथि अवसरको खात, पावर र पहुँच नहुने निमुखाको चाहिँ पुर्पुरोमा हात ।

बिज्ञापन

क्रमबाट कम (क्रमभंग), विक्रमबाट बढी अवसर पाउने कर्मचारीको बोलबोला छ, निजामतीमा । वैदेशिक अध्ययन तथा भ्रमण तिनैलाई, सिंहदरबारको चौघेरा तोडेर अन्यत्र जानुनपर्ने, खटिए पनि ए ग्रेडका अड्डाबाट त्यस्तैमा जान पाउने भाग्यमानीसमेत उनै । खुमराज कोइरालाले जागिर अवधिभर अर्थ र योजना आयोग छाडेर कतै जानु परेन । बुटवलस्थित अर्थ मन्त्रालयको सचिव बनाई खटाइएकोमा दुई महिना पनि टिकेनन्, अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । निजामतीभित्रै जिन्दगीभर बोइङ चढ्न नपाउने र वर्षको २० पटक यस्ता अवसर पाउनेहरू पनि छन् । हाल निलम्बनमा रहेका सचिव मधु मरासिनीले जागिरे जीवनको १३ वर्ष विदेशमै बिताए  ।

बिज्ञापन

चिनीको चास्नीमा डुबेकी र आफ्नै सहकर्मीलाई पोलेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजी चलाइरहेकी मतिना वैद्य पनि उही लाइनको कर्मचारीभित्र पर्दछिन् ।हालैमात्र राजश्व विभागबाट वनमा पुगेका र सचिव बढुवाका तालिम लिइरहेका  भूपाल बरालले कहिल्यै नरम ठाउँमा बसेर काम गर्नु परेको छैन । उनीझैं कलकत्ताको महावाणिज्यदूत ईश्वर पौडेल, अर्थ र प्रधानमन्त्री कार्यालय घुमेरै जागिर खाइरहेका श्रीकृष्ण नेपाल, सदावबहार सिडियोको रुपमा गृहमा चिनिने उमेश ढकाल, आशमान तामाङहरू अवसरमाथि अवसरको खात लाग्ने कर्मचारीमा पर्छन् ।

एउटै कर्मचारीलाई अफिसर हुँदा २ वर्ष, उपसचिवमा दुई वर्ष र सहसचिवमा तीन वर्ष पढाउनु हुन्छ ? अहिले निजामती विद्येकयको सवालमा संसदमै प्रश्न समेत उठाइयो यही ढंगबाट । भूमि व्यवस्था तथा अभिलेख विभागको डिजी हुँदा सबै काममा विद्युतीकरण गरे गोकर्णमणि दुवाडीले । तर, जस लिए, शेषकान्त पौडेलले । उनी पिचएडी अध्ययनका लागि जापान पुगेका छन् । भुटानले दुई सय शाखा अधिकृतलाई क्याम्ब्रिजमा पढ्न पठाउँछ । नेपालका सहसचिव पनि वैदेशिक अध्ययनका नाममा उडेका उड्यै छन्, कोभिड कालमा समेत तिनको उडान रोकिएन । अर्कोतिर अहिले निजामती सेवामा २८ प्रतिशत महिला छन् । तिनलाई सिंहदरबारबाट बाहिर पठाउन खोजियो भने सासु, ससुरा, बालबच्चा देखाएर जान मान्दैनन् ।

बिज्ञापन

एक जना महिला कर्मचारीलाई धादिङको कुनै पालिकामा भर्खरै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन खोज्यो सामान्य प्रशासन मन्त्रालयले । केही समयमै छात्रवृत्तिमा सिंगापुरतिर एक वर्ष वैदेशिक अध्ययनको अवसरसमेत आयो । उनले सिंगापुर जानलाई ५ ठाउँबाट दबाब दिइन् । काठमाडौं छाडेर बाहिर जानुप¥यो भने सासू–ससुरा, बालबच्चा देखाउने अनि वैदेशिक अध्ययनमा जानचाहिँ अनेकन पावर लगाउने गरेको सामान्य प्रशासनका एक अधिकारीले बताए ।
यस्ता विकृति निजामतीभित्र कति छन् कति  !

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष