निजामती कर्मचारीलाई अविश्वास गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा प्रशिक्षार्थी कामदार राख्ने कार्यविधि ल्याएकोप्रति सदनमा सत्तापक्षकै सांसदले विरोध जनाएका छन् । मन्त्री श्रेष्ठले ऐनविपरित बनाएको कार्यविधिले निजामती कर्मचारीको मानमर्दन गरेको र सरकारी संरचनालाई प्यारालाइज गर्न खोजेको सत्ता पक्षकै सांसद तथा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आपत्ति जनाएका हुन् ।
बिज्ञापन
पाण्डेले मन्त्रालयका कतिपय शाखा कामविहीन रहेको बेला, निजामतीलाई अविश्वास गर्दै उत्प्रेरक राख्ने निर्णय कति जायज छ ? भन्दै प्रश्न उठाएका हुन । यस्तै उनले बाहिरबाट कर्मचारी ल्याएर मन्त्रालय चलाउँदा कर्मचारीको मनोबल गिर्छ कि गिर्दैन ? भन्दै प्रश्न राखे । कर्मचारीमाथि अविश्वास गरेर र त्यसरी बाहिरबाट प्रशिक्षार्थी कामदार ल्याउँदा सरकारी सूचनाको गोपनीयता भङ्ग हुने बताए । उनले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्दा कानूनतः गोप्य राख्नुपर्ने कागज, प्रशिक्षार्थीलाई संगै राखेपछि दुरुपयोग हुन्छ कि हुँदैन ? भइरहेका कर्मचारीलाई अविश्वास गर्दै ल्याउँदा ७४ हजार निजामतीको मनोबल गिर्छ कि गिदैन ? भन्दै प्रश्न राखेका हुन ।
बिज्ञापन
उनले मन्त्रीहरुलाई जे मन लाग्यो त्यही निर्णय गर्न छुट छ ? भन्दै प्रश्न राखे ।‘के हेर्नुभएको छ प्रधानमन्त्रीले ? उहाँका सबै मन्त्रीले आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो ? त्यो छुट्टै आइल्यान्ड हो ? जे मन लाग्यो त्यो निर्णय गर्न पाइन्छ ?’ साथै शिक्षामन्त्रीले गरेजस्तै मेरो अन्डरका पुलिसले काम गरेनन्, सहयोग गरेनन्, म छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने ? भन्दै यस्ता गतिविधिले देशलाई र विधिको शासनलाई कहाँ पुर्याउँछ भन्दै सांसद पाण्डेले प्रश्न गरे ।
रास्वपाबाट मन्त्री बनेकी सुमना श्रेष्ठले हालै मन्त्रीस्तरको निर्णयबाट कार्यविधि पारित गरेकी थिइन् । सो कार्यविधिप्रति कर्मचारी वृत्तले चर्को असन्तुष्टि जनाएको छ ।