सत्ता समीकरण फेरबदलपछि तेश्रो पटकमा १० सचिवको सरुवा

सरकार पुर्नगठन पछि तेश्रो पटक सचिवहरुको हेरफेर गरिएको छ । पुर्नगठित मन्त्रिपरिषद्को दोश्रो बैठकले गृह सचिवमा एकनारायण अर्याललाई लगिएको थियो भने दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । यस्तै दोश्रो लटमा फणिन्द्र गौतमलाई कानुन मन्त्रालयमा ल्याएर कानुन मन्त्रालयका सचिव रहेका उदयराज सापकोटाको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको थियो । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

बिज्ञापन

सत्ता समीकरण फेरबदल भएसँगै ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो । जसअनुसार वाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा सरुवा गरिएको छ ।

बिज्ञापन

यसैगरि उद्योग मन्त्रालयका मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मालाई जल तथा उर्जा आयोगमा , उर्जा सचिव गोपाल प्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा , मधेश प्रदेशका प्रमुख सचिव दिनेश घिमिरेलाई वाणिज्य सचिवमा, र वाणिज्य सचिव नारायण शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र युवा तथा खेलकुद मन्त्रालयका रविलाल पन्तलाई निर्वाचन आयोगमा , जल तथा उर्जा आयोगकी सरिता दवाडीलाई सिचाई सचिवमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष