सत्ता समीकरण फेरबदलपछि तेश्रो पटकमा १० सचिवको सरुवा

सरकार पुर्नगठन पछि तेश्रो पटक सचिवहरुको हेरफेर गरिएको छ । पुर्नगठित मन्त्रिपरिषद्को दोश्रो बैठकले गृह सचिवमा एकनारायण अर्याललाई लगिएको थियो भने दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । यस्तै दोश्रो लटमा फणिन्द्र गौतमलाई कानुन मन्त्रालयमा ल्याएर कानुन मन्त्रालयका सचिव रहेका उदयराज सापकोटाको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको थियो । गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गृह, अर्थ, रक्षा, सहरी विकास, राष्ट्रपति कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहेक प्रायः सबै मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

बिज्ञापन

सत्ता समीकरण फेरबदल भएसँगै ठूलो संख्यामा सचिवहरूको सरुवा गरिएको हो । जसअनुसार वाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग सचिवमा सरुवा गरिएको छ ।

बिज्ञापन

यसैगरि उद्योग मन्त्रालयका मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मालाई जल तथा उर्जा आयोगमा , उर्जा सचिव गोपाल प्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा , मधेश प्रदेशका प्रमुख सचिव दिनेश घिमिरेलाई वाणिज्य सचिवमा, र वाणिज्य सचिव नारायण शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र युवा तथा खेलकुद मन्त्रालयका रविलाल पन्तलाई निर्वाचन आयोगमा , जल तथा उर्जा आयोगकी सरिता दवाडीलाई सिचाई सचिवमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष