प्रमुख भन्सार अधिकृतसहित ४ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा  सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गर्दै सापकोटासहित देव इन्टरनेशनल प्रालि, प्रालिका सञ्चालकहरू शेरबहादुर बस्नेत र भन्सार एजेन्ट प्रतिनिधि सरनकुमार खरेलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीहरू चीनबाट आयात गरेको सामानको प्रज्ञापनपत्र नम्बर ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो । तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटाले विराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको सामानको जाचपाँस गर्ने क्रममा अनियमितता गरेका आयोगको दाबी छ । उनीहरूले न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानून बमोजिम लिनुपर्ने राजस्व रकम समेत नलिई तथा छोड्ने कोशिश गरेका थिए ।

बिज्ञापन

भन्सार विभाग र अर्थ मन्त्रालयबाट लगातार फलोअप भएको तथा छानबिन समिति गठन गरेपश्चात प्रतिवादी तारा प्रसाद सापकोटा समेतको उपस्थितिमा मिति २०७९ माघ १० गतेको नयाँ प्रज्ञापनपत्र नम्बर ४०५७ दर्ता गरेका थिए ।

सुरु घोषणा गरेको रकम ७३ हजार ४३२ अमेरिकन डलरमा ८६ हजार ६९९ डलर थप गरी गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने जम्मा १ लाख ६० हजार ३४१ डलर मूल्य राजस्व लाग्ने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

बिशेष