करारका अधिकृतलाई ३ आयोजनाको जिम्मा,३ करोड भ्रष्टाचार मुद्धा

सरकारी निकायमा आफू प्रतिकुलका स्थायी नियुक्ति लिएका कर्मचारीलाई जिम्मेवारविहिन बनाउने र अनुकुलका करारका कर्मचारीलाई एक,दुई वटा होइन तीन तीन वटा शहरी आयोजनाको जिम्मेवारी दिएर भ्रष्टाचार गरेको पाइएको छ ।

बिज्ञापन

आफू अनुकुलका करारमा कर्मचारी नियुक्त गरी कुन हदसम्म भ्रष्टाचार हुन्छ भन्ने एउटा उदाहरण देखिएको छ,काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनामा । उक्त आयोजनामा नियुक्त भएका एक करारका अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड २१ लाखको भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

अख्तियारले नयाँ शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीलाई प्रतिवादी बनाएर आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो । हाल काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत उनलाई कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना माकलवारीमा समेत अतिरिक्त जिम्मेवारी सम्हाल्दै आएका छन् । २१ बर्षदेखि सरकारी सेवामा रहेका उनीसँग ३ करोड २१ लाख रकम श्रोत नखुलेको सम्पत्ति देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अवधिमा कुल आम्दानी ३ करोड ७७ लाख १३ हजार ६४६ रहेको पाइएको आयोगले जनाएको छ । कार्कीले घर तथा जग्गा खरिदमा भएको खर्च, सन्तति अध्ययन खर्च, घर–जग्गा रजिष्ट्रेसनवापतको खर्च, बैंक ऋणको साँवा र व्याज भुक्तानी, बीमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घरजग्गा वहाल कर, शेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको रकम मौज्दात गरी ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको थियो ।

बिज्ञापन

पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ ७५ पैसा भ्रष्टाचार गरको अभियोगमा अखितयार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

बिशेष