रघुवीरभन्दा तल बसेर मन्त्री नखाने उपेन्द्रको अडान

मर्यादाक्रमको बिषयमा कुरा नमिल्दा उपेन्द्र यादवको सत्तारोहण यात्रा लम्बिरहेको छ । अहिले मर्यादाक्रममा प्रधानमन्त्री प्रचण्डपछिको रघुविर महासेठलाई राखिएको छ । त्यसपछि अर्का उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको वरीयता रहँदा अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चौथो परीयता रहेको छ ।

बिज्ञापन

जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागिता जनाउने भनिए पनि मर्यादाक्रमका कारण उपेन्द्रले किचलो निकालिरहेका छन् । उपेन्द्रले मन्त्रीहरुको वरियतामा रघुवीर महासेठभन्दा आफूलाई माथि रहनुपर्ने अडान लिएपछि प्रधानमन्त्री प्रचण्ड नै अप्ठेरोमा परेका छन् । तर, एमाले अध्यक्ष ओली उपेन्द्रको मागमा सकरात्मक छैनन् ।

बिज्ञापन

क्याबिनेटमा अहिले नै तीन उपप्रधानमन्त्री छन् । रघुवीर, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको क्रमशस् पहिलो दोस्रो र तेस्रो वरीयता तोकिएको छ । दलीय हैसियतका आधारमा उपप्रधानमन्त्रीको वरीयता तय गरिएकाले यौटै पार्टीमा हुँदा नारायणकाजी भन्दा निकै तल रहेका रघुवीर क्याबिनेटमा भने माथि परेका हुन् । तत्कालीन नेकपामा नारायणकाजी सचिवालय सदस्य रहँदा रघुवीर केन्द्रीय सदस्य मात्रै थिए ।माग सम्बोधन नभएको खण्डमा उपेन्द्र आफ्नै नेतृत्वमा सरकारमा सहभागि हुन्छन् वा अरुलाई पठाउँछन्,हेर्न बाँकी छ । यस अघि पार्टीका अध्यक्ष उपेन्द्र यादब र नवलकिशोर साह मन्त्री बन्ने निर्णय भइसकेको छ। साथै, दीपक कार्की राज्यमन्त्री हुनेछन् । उपेन्द्र यादबलाई उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । साह वनमन्त्री बन्नेछन् ।बाँकी रहने राज्यमन्त्री पद नेकपा एमाले र माओवादीले बाँडेर लिने तय भएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१५ सहसचिवको सरुवा, सूचीसहित

आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

बिशेष