चुनौतीको चाङमा मन्त्री जोशी :- सक्लान त ल्याउन संघीय निजामती सेवा ऐन ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद जोशीले हिजै पदभार ग्रहण गरिसकेका छन् । १३ बर्ष पछि दोश्रो पटक मन्त्रीका रुपमा उनी सिंहदरबार भित्रिएका छन्,यस अघि झलनाथ खनालको क्याविनेटमा उनी वन मन्त्रीको जिम्मेवारीमा थिए ।

बिज्ञापन

जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि एकीकृत समाजवादी पार्टीमा लागेका उनी गत बर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऐन महरलाई पराजित गर्दै बझाङबाट निर्वाचित भएका हुन । ऐन बहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै निर्वाचित भएका थिए ।

बिज्ञापन

लाखौ कर्मचारीहरुका लाइन मिनिट्री मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व उनको काँधमा छ । ८ बर्षदेखि ल्याउन नसकिएको संघीय निजामती सेवा विद्येयक ल्याउनुपर्ने सबैभन्दा ठूलो जिम्मेवारी पनि उनैको थाप्लोमा आइलागेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित मन्त्री हुँदा नै कर्मचारीहरुको मूल ऐन ल्याउने प्रयाश गरिएको हो । त्यसपछि सामान्य प्रशासन मन्त्रालयको कमाण्डर बने हृदयेश त्रिपाठी । त्रिपाठीपछि दार्चुलाका सांसद गणेश ठगुन्ना,गणेश पहाडी हुँदै राजेन्द्र श्रेष्ठ,अमनलाल मोदी र अनितादेवी साह मन्त्री बनिन् । यो अवधिमा दिनेश थपलिया,सूर्य गौतम,सुरेश अधिकारी,यादव कोइराला,एकनारायण अर्याल,कृष्णहरि पुष्कर हुँदै विनोद सिंह सचिवको कुर्सीमा छन् । आठ बर्षमा आठ मन्त्री र सचिवले ल्याउन नसकेको ऐन ल्याउनुपर्ने जिम्मेवारी उनको काँधमा छन् ।

हालैमात्र संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभामा दर्ता भएको छ । यो विद्येयकले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै स्थानीय तहका कर्मचारीहरुले आन्दोलनका लागि तयारी अवस्थामा रहन अपिल गरिसकेको स्थिति छ र यही घडीमा जोशी मन्त्रीको जिम्मेवारी सम्हाल्दै छन् ।अर्काेतिर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवाका कारण बदनाम हुँदै आएको छ । सरुवामा मन्त्रीकै सचिवलायका कर्मचारी हाबी हुने र रकम लिएर कर्मचारीले खोजेकै ठाउँमा पठाइने विकृतीले सामान्य प्रशासनमा जरा गाडेको छ । त्यो विकृती तोड्न जोशीले सक्छन वा सक्दैनन्,उनले सचिवालयमा राख्ने कर्मचारीबाटै थाहा हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

सडकका २५८ ठेक्का रुग्ण,अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

मन्त्रीज्यू,सामान्यको यी रैथाने सुव्वालाई चलाउने हिम्मत छ ?

राजस्व अनुसन्धान विभागभित्रै करोडौँको सेटिङ: ‘बर्दिया डिष्टिलरी’ प्रकरण दफन गर्नेहरू को हुन्?

६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

बिशेष