झापामा पनि अर्काे वालुवाटार काण्ड,१८७ जना प्रतिवादी,२ लाखदेखि ९ करोडसम्म मागदावी

वालुवाटारको ललिता निवास काण्डजस्तै झापाको दमक नगरपालिकास्थित बालुवाटार जग्गा प्रकरण सतहमा आएको छ । अख्तियारले वालुवाटारको ललिता निवास जग्गा प्रकरण भन्दा पनि अर्काे ठूलो काण्डमा १८७ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ ।
अख्तियारले तीन सय ६४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गराउनेहरु विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

किर्ते कागज बनाएर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसहित  १८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचारमा मुछ्नेहरुमा नापी र मालपोतका कर्मचारी, जग्गाधनीसँगै बिचौलियाहरु छन् ।

बिज्ञापन

साबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा आयोगले आइतबार तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपानेसहित १८७ विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । तत्कालीन प्रमुख नापी अधिकृत न्यौपानेसहित १७२ जनाले ३४ करोड ६६ लाख ५४ हजार ८४९ रुपैयाँ बराबर बदमासी गरेको र तत्कालीन नापी अधिकृत धानुकसहित १८७ जनाले ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ बराबर बदमासी गरेको पाइएको छ ।

२०२१ सालको शुरु नापीका बेला दमक नगरपालिका वडा नं. १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ)का विभिन्न कित्ताका ३९७ रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा व्यक्तिको जग्गामा घुसाई भ्रष्टाचारजन्य कसूर गरेको अख्तियारले जनाएको छ।

बिज्ञापन

अख्तियारले प्रतिवादीहरुबाट दुई लाखदेखि नौ करोडसम्म मागदाबी गरेको छ ।

अख्तियारको आरोपपत्र

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष