बारा २ मा सीके राउतले सुरु गरे ‘स्वाभिमान यात्रा’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वाभिमान यात्रा नामक नयाँ अभियान सुरु गरेका छन् । १० वैशाखमा उपनिर्वाचन हुने बारा २ बाट आइतबार उनले स्वाभिमान यात्रा नाममा अभियान सुरु गरेका हुन् ।

बिज्ञापन

अभियानमा बारा–२ का उम्मेदवार शिवचन्द्र कुशबाहा र स्थानीय नेता तथा कार्यकर्ता सहभागी छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार ‘स्वाभिमान यात्रा’ बारा–२ का सबै स्थानीय तहहरुमा पुग्नेछ ।

बिज्ञापन

‘स्थानीय जनताको स्वभिमानको रक्षार्थ स्वाभिमान यात्रा सुरु गरिएको हो’, नेता साहले भने, ‘स्थानीय जनताको भावना र चाहना विपरीत पछिल्ला चुनावहरुमा बाहिरका उम्मेदवारहरु आएर चुनाव लड्ने गरेको देखिन्छ । त्यसकारण यसपटक स्थानीय जनताको स्वाभिमान रक्षाका लागि जनमत पार्टीले स्वाभिमान यात्रा निकालेको हो ।’

बारा–२ मा बाहिरका नेताहरु गएर चुनावमा उठ्ने गरेको र चुनाव जितेपछि फरार हुने गरेको समस्याले गर्दा यस क्षेत्रमा विकास हुन नसकेको नेता साह बताउँछन् । आइतबार जनमत पार्टीले कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा यात्रा गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

व्यापारीको इशारामा नचल्दा पाँच महिनामै चार सचिवको सरुवा

थप चार अधिकृत उपसचिवमा बढुवा सिफारिस

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा आग्रह

स्थानीय तहलाई एटीएम बनाउने प्रवृत्तिमा ब्रेक: सामान्य प्रशासन मन्त्रालयको कडा निर्देशन

सूत्र ज्योतिषबारे थोरै चर्चा

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

यी हुन् सरकारको पैसा लिएर फिर्ता नगर्ने ९ कर्मचारी

सेवा समूह नमिल्ने र दरबन्दी नभएको ठाउँमा अधिकृतको सरुवा,कारवाहीको माग गर्दै केन्द्रमा उजुरी

बिशेष