बारा २ मा सीके राउतले सुरु गरे ‘स्वाभिमान यात्रा’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वाभिमान यात्रा नामक नयाँ अभियान सुरु गरेका छन् । १० वैशाखमा उपनिर्वाचन हुने बारा २ बाट आइतबार उनले स्वाभिमान यात्रा नाममा अभियान सुरु गरेका हुन् ।

बिज्ञापन

अभियानमा बारा–२ का उम्मेदवार शिवचन्द्र कुशबाहा र स्थानीय नेता तथा कार्यकर्ता सहभागी छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार ‘स्वाभिमान यात्रा’ बारा–२ का सबै स्थानीय तहहरुमा पुग्नेछ ।

बिज्ञापन

‘स्थानीय जनताको स्वभिमानको रक्षार्थ स्वाभिमान यात्रा सुरु गरिएको हो’, नेता साहले भने, ‘स्थानीय जनताको भावना र चाहना विपरीत पछिल्ला चुनावहरुमा बाहिरका उम्मेदवारहरु आएर चुनाव लड्ने गरेको देखिन्छ । त्यसकारण यसपटक स्थानीय जनताको स्वाभिमान रक्षाका लागि जनमत पार्टीले स्वाभिमान यात्रा निकालेको हो ।’

बारा–२ मा बाहिरका नेताहरु गएर चुनावमा उठ्ने गरेको र चुनाव जितेपछि फरार हुने गरेको समस्याले गर्दा यस क्षेत्रमा विकास हुन नसकेको नेता साह बताउँछन् । आइतबार जनमत पार्टीले कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा यात्रा गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

रसुवा विपद् र जलवायु–सहिष्णु विकासको आवश्यकता

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

बिशेष