बारा २ मा सीके राउतले सुरु गरे ‘स्वाभिमान यात्रा’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्वाभिमान यात्रा नामक नयाँ अभियान सुरु गरेका छन् । १० वैशाखमा उपनिर्वाचन हुने बारा २ बाट आइतबार उनले स्वाभिमान यात्रा नाममा अभियान सुरु गरेका हुन् ।

बिज्ञापन

अभियानमा बारा–२ का उम्मेदवार शिवचन्द्र कुशबाहा र स्थानीय नेता तथा कार्यकर्ता सहभागी छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार ‘स्वाभिमान यात्रा’ बारा–२ का सबै स्थानीय तहहरुमा पुग्नेछ ।

बिज्ञापन

‘स्थानीय जनताको स्वभिमानको रक्षार्थ स्वाभिमान यात्रा सुरु गरिएको हो’, नेता साहले भने, ‘स्थानीय जनताको भावना र चाहना विपरीत पछिल्ला चुनावहरुमा बाहिरका उम्मेदवारहरु आएर चुनाव लड्ने गरेको देखिन्छ । त्यसकारण यसपटक स्थानीय जनताको स्वाभिमान रक्षाका लागि जनमत पार्टीले स्वाभिमान यात्रा निकालेको हो ।’

बारा–२ मा बाहिरका नेताहरु गएर चुनावमा उठ्ने गरेको र चुनाव जितेपछि फरार हुने गरेको समस्याले गर्दा यस क्षेत्रमा विकास हुन नसकेको नेता साह बताउँछन् । आइतबार जनमत पार्टीले कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा यात्रा गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको घुस काण्डको अडियो लिक

कर्मचारी नेतामाथि धमाधम भ्रष्टाचार मुद्धा : एक निलम्बित,दुईको अदालतमा विचराधिन

१४ उपसचिवहरूको सरुवा

उद्घाटन पर्खिरहेको एउटा परियोजना

विमानस्थलमा माला,खादा र विशेष पहिरनमा प्रतिवन्ध

एकै दिन सरकारी खाताबाट २२ अर्ब भुक्तानी

राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवसँग ६ करोड अवैध सम्पत्ति

तलबि प्रतिबेदनको ढाँचामा परिमार्जन : चाडपर्वको नाम र संभावित महिना अनिवार्य खुलाउनु पर्ने

बिशेष