प्रदेश
खातामा पैसा छ खर्च गर्न सक्दैन । यस्तो हविगत छ रसुवा सदरमुकाम धुञ्चेसमेत जोडिएको गोसाइकुण्ड गाउँपालिकाको । पालिकाका अध्यक्ष छन् रसुवा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका कैसाङ नुर्पु तामाङ भने नर्सको जागिर छोडेर राजनीतिमा होमिएकी प्रतिमा तमाङ उपाध्यक्ष । अनि सो पालिकामा झण्डै तीन बर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् दुतेन्द्र चाम्लिङ । उनको […]
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन […]
विचौलियाको इन्ट्रेस्ट अनुसार चल्दा एक मन्त्रीको कुर्सीमात्र गएन । बदनामी समेत खेपिरहेका छन् । मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्धामा अहिले ती मन्त्री तानिएका छन् । यो प्रकरणमा मन्त्रीलाई जोड्ने विचौलियाका रुपमा अगाडि देखिएका छन्, योगराज उर्फ गोपाल गौतम । उनै गौतमकै योजना अनुसार कोही प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीले केही सोझा सिधा नेपालीलाई नक्कली कर्मचारी बनाएर […]
तस्करको टोलीले सीमामा खटिएका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । भन्सार छलेर ल्याएको चिनी बरामद गर्न पुगेका राजश्व अनुसन्धान विभागका कर्मचारी र सशस्त्र प्रहरीमाथि आक्रमणमा परेका हुन । भन्सार छलेर ल्याइएको १ सय भन्दा बढी बोरो चिनी बरामद गर्ने पुगेको टोलीमाथि तस्करहरुले आक्रमण गरेका हुन । सशस्त्र प्रहरीका अनुसार,साँझ ५ […]
नेकपा एमालेका नेता तथा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीले नक्कली कर्मचारी बनाएर केही मानिसहरुलाई जापान पुर्याएको आरोप लागेको छ । क्याविनेटबाट स्वीकृत नलिई जापान भ्रमणमा गएका र विवादपछि हिजो पद छोडेका उनीमाथि गैरकानुनी मानव ओसारपसारको आरोप लागेको हो । मुख्यमन्त्रीलाई समेत जानकारी नदिई यही कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते नेपाल […]
वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न नसकिने बताएका छन्। पर्साको जगतपुरमा श्री टैरीमाई क्लबद्वारा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन्। ‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने। ‘नयाँ संस्था खोल्ने […]
मुख्यमन्त्रीलाई समेत जानकारी नदिई सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिकामा रहेका अधिकारीले पदबाट राजीनामा दिएका हुन। उनी क्याविनेटबाट स्वीकृति नलिई जापान भ्रमणमा गएको विषय विवादमा परेका थिए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र […]
८ महिना अगाडि स्थायी नियुक्ति लिएर काम गर्दै आएका १२९ कर्मचारीको नियुक्ति खारेजीमा परेको छ । प्रचलित ऐन कानुन विपरित मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति गरिएका ती कर्मचारीहरुको नियुक्ति खारेज गर्न लोकसेवा आयोगले पोखरा महानगरपालिकालाई पत्र काटेको हो । पोखरा महानगरपालिकाले ०८० फागुनमा लामो समयदेखि करार सेवामा कार्यरत १ सय २९ जना कर्मचारीलाई स्थायी नियुक्ति दिएको […]
वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज शुक्रबार विराट कुस्ती दंगल मेलाको उद्द्घाटन गरेका छन्। उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले कुस्ती पहलवानी तराई मधेसमा विगतकै पालादेखि चल्दै आएकाले एउटा संस्कृति सरहको यस प्रतियोगितालाई संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताएका थिए । मन्त्री गुप्ताले कुस्ती खेल हाम्रो पहिचान भएकोले यसको […]
पोखरा महानगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा गर्ने भएको छ । महानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउनुपर्ने माग सहित कांग्रेसले महानगरमै तालाबन्दीको चेतावनी दिएपछि समस्या समाधान गर्न कार्यापालिका बैठक बसेको थियो उक्त बैठकले करार सेवाका कर्मचारीहरुको अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको छ । महानगरपालिकामा […]