प्रदेश
सूर्यदर्शन सहकारी पीडितहरुले रवि लामिछाने,छविलाल बञ्जाडे वा जितेन्द्र राई (जिवी) पक्राउ पर्दैमा आफ्नो वचत फिर्ता हुने कुनै ग्यारेन्टी नभएको बताएका छन् । सूर्यदर्शन वचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठले रवि,छवि,जिवी पक्राउ पर्दैमा पीडितहरुको वचत फिर्ता हुने कुनै ग्यारेन्टी नभएको जनाएका हुन । सरकारले पीडितको वचत फिर्ता गर्नेमा भन्दा पनि यसमा जोडिएका व्यक्तिहरुलाई […]
मधेश प्रदेश सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिएको छ । गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत् घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ, […]
आफैं आयोजक रहेको कार्यक्रममा मन्त्री र सचिव नै अनुपस्थित । त्यसमाथि उक्त कार्यक्रममा निम्ताइएका अतिथि थिए संघीय सरकारका मन्त्री तर मन्त्री उपस्थित रहेको उक्त कार्यक्रम प्रदेशका मन्त्री र सचिवले बहिष्कार गरेपछि मन्त्रीले खिन्नता प्रकट गरेका छन् मञ्चबाटै । संघीय मन्त्रीको कार्यक्रम प्रदेश मन्त्री र सचिवले बहिष्कार गरेसँगै मन्त्रीले मञ्चबाटै तीतो पोखेका हुन । संघीय खानेपानी […]
लामो समयदेखि करारका कर्मचारी राख्ने वा हटाउने बिषयमा लफडा उत्पन्न हुँदा पोखरा महानगरपालिकाको कार्यपालिका बैठकमा तनाव उत्पन्न भएको छ । करार सेवाका कर्मचारी हटाउने वा राख्ने बिषयको लफडा पेचिलो बन्दै जाँदा कुर्सी हानाहानकै स्थिति आएको हो । त्यहाँका मेयर छन् एकीकृत समाजवादीबाट निर्वाचित धनराज आचार्य,करार सेवाका कर्मचारी कुनै हालतमा राख्न नहुने काँग्रेसको अडान छ भने […]
मुलुक संघीयतामा त गयो तर प्रशासनिक संघीयता कायम हुन सकेन । संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा समेत सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा कर्मचारी परिचालनमा समस्या देखिदैं आएको छ । पछिल्लो समय केन्द्र सरकारले प्रदेशमा कर्मचारी खटाउँदा सिधै जिम्मेवारी दिएर नखटाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाउन थालेसँगै कतिपय प्रदेशहरुले कर्मचारी खटन पटन आफैं […]
लुम्बिनी प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन सेवा सामान्य प्रशासन र लेखा समूहका लागि गत साउन ३२ र भदौं १ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार,खुलातर्फ २९,महिला १२,आदिवासी जनजाती ५,मधेसी १ र दलित ३ गरी कूल ५० जनाका लागि […]
न नियमावली भेटिन्छ, न त कर्मचारी दरबन्दी नै स्वीकृत । सोही निकाय आर्थिक अनियमितताको दलदलमा फसेको छ । सांस्कृतिक धरोहर जानकी मन्दिरको संरक्षण एवम् व्यवस्थापनका लागि खडा गरिएको परिषद्मा कार्यरत उपल्लोदेखि तल्लो तहका कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएकोमा केही कर्मचारीहरु उपर पक्राउ पूर्जी नै जारी भएको छ । तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरमाथि किर्तेदेखि लिएर […]
ऋषि भट्टराई कञ्चनजङ्घा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत १७ गते २०७६ सम्ममा सडक विस्तार सक्नेगरी ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न हुन नसकेपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरि अर्को निर्माण कम्पनि बावुल […]
गण्डकी प्रदेश लोक सेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी गरेका करारका कर्मचारीको नियुक्ति बदर गर्ने निर्णय गरेकोमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु सुदर्शनराज पाण्डे र मेरिना श्रेष्ठको संयुक्त इजलाशले मुद्दा किनारा नलाग्दासम्मका लागि लोकसेवाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षी आयोगका नाममा मंगलबार अन्तरिम आदेश जारी गरेको हो । […]
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने एक जना अधिकृत अदालतबाट दोषी ठहर भएका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कैलालीमा कार्यरत अधिकृत (सातौं तह) लक्ष्मण शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर भएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै उजुरी परेको […]