स्थानीय सेवाका विभिन्न पदका विज्ञापनहरु संशोधन

मधेश प्रदेश लोकसेवा आयोगले नवौं तहका विभिन्न पदमा विज्ञापन संशोधन गरेर पुन दरखास्त आह्वान गरेको छ ।

बिज्ञापन

आयोगले यस अघि गत पुस १ मा प्रकाशन गरेको विभिन्न विज्ञापनहरुमध्ये स्थानीय सिभिल इन्जिनियरिङ,स्थानीय प्रशासन,लेखा,शिक्षा समूहका विज्ञापन संशोधनसहित सूचना निकालेको छ ।

बिज्ञापन

जस अनुसार,स्थानीय सिभिल इन्जिनियरिङतर्फको जेष्ठता र कार्यसम्पादनबाट हुने बढुवाको लागि पद संख्या संशोधन गर्ने पुन सूचना प्रकाशन गरेको हो । आयोगद्धारा विज्ञापित संख्या ९ रहेकोमा संशोधन पछि ११ पद कायम हुने जनाइएको छ । यस्तै,स्थानीय शिक्षा शिक्षा प्रशासनतर्फ ७ पदमा विज्ञापन गरिएकोमा संशोधन पछि ८ पद कायम हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार,स्थानीय प्रशासन सामान्य प्रशासनतर्फ ३ पदका लागि विज्ञापन खोलिएकोमा संशोधन पछि ४ पद भएको छ भने स्थानीय प्रशासन लेखातर्फ १ पद थपेर २ पदका लागि विज्ञापन खोलिएको छ । यस्तै,स्थानीय इन्जिनियरिङ सिभिलतर्फ विज्ञापित संख्या ९ रहेकोमा अब ११ पदका लागि विज्ञापन खोलिएको आयोगले जनाएको छ । स्थानीय शिक्षा प्रशासनतर्फ ८ जनाका लागि विज्ञापन खोलिएकोमा अब ९ पद कायम हुने जनाइएको छ ।
आयोगका अनुसार,स्थानीय प्रशासन शिक्षातर्फ खुलामा २ पदका लागि विज्ञापन गरिएकोमा अब तीन पद कायम भएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै यस अघि सातौं तहका लागि प्रकाशन भएका विज्ञापनहरु समेत संशोधन सहित प्रकाशन गरेको छ । आयोगका अनुसार,स्थानीय प्रशासन सामान्य प्रशासनतर्फ १ पद थपेर ७,स्थानीय प्रशासन लेखातर्फ पद संशोधन पछि ७,सिभिल इन्जिनियरिङतर्फ यस अघि ७ पदका लागि विापित भएकोमा संशोधन पछि ८,स्थानीय प्रशासन लेखातर्फ पद संशोधन पछि ७,स्थानीय इन्जिनियरिङतर्फ १ पद थपेर ८,स्थानीय शिक्षा शिक्षा प्रशासनतर्फ यस अघि विज्ञापित संख्या ५ रहेकोमा संशोधन पछि ६ पदका लागि विज्ञापन खोलेको आयोगले जनाएको छ,यी सबै जेष्ठता र कार्यक्षमताका आधारका विज्ञापन संशोधन गरिएका हुन ।

बिज्ञापन

यस्का अलवा खुलातर्फ स्थानीय प्रशासन सामान्य प्रशासनतर्फ यस अघि १३ पदका लागि विज्ञापित भएकोमा संशोधन पछि १५,स्थानीय प्रशासन लेखातर्फ यस अघि ११ पदका लागि विज्ञापन खोलिएकोमा २ संख्या थपिएर १३,सिभिल इन्जिनियरिङतर्फ यस अघि १४ पदका लागि विज्ञापन गरिएकोमा १५,यस्तै शिक्षा प्रशासनतर्फ १ पद थपेर संशोधन सहित आयोगले विज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बिशेष