प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्। नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट मन्त्री बनेकालाई अन्यन्त्र सारेर  रञ्जिता श्रेष्ठलाई सरकारमा लैजाने सरकारको तयारी छ ।नाउपालाई एक मन्त्री […]

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले यस्तो आरोप लगाएका हुन । उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने […]

गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वाेच्च अदालतले उल्टाइदिएको छ । गत जेठ १५ मा गृहमन्त्री लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । मन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नुनपर्ने र उनीहरूको साटो नियम उल्लंघन गर्नेहरूलाई सडकमा खटाउने निर्णय गरेका थिए । सोही […]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि चलिरहेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए । बैठकको शून्य […]

सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ ।  आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ । गएको मंगलवारअर्थमन्त्री वर्षमान पुनले  संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गरेका थिए । लगत्तै प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, […]

प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएसँगै एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो । अहिले एकीकृत समाजावदीबाट उक्त प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी […]

मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न २६ निर्णयहरु सार्वजनिक भएको छ । जसमा भ्रमण स्वीकृतिसँग सम्बन्धित ५ वटा निर्णय गरेको छ भने नियुक्ति,बढुवा,सरुवासँग सम्बन्धित निर्णयहरु भएका छन् । मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको छ । यस्तै ०८१ जेठ […]

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमण स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । त्यस्तै बैठकले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढा मगर […]

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरि अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिटको पेशी आज पनि स्थगित भएको छ । रवि विरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएपछि निवेदक अनुपम भट्टराईले […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताएका हुन । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।