प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका छन् ।

बिज्ञापन

प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भएको छ ।

बिज्ञापन

देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । प्रर्दशनकारीहरुले प्रचण्डको निवासमा तोडफोड र ढुंगामुढा गरेका छन् ।प्रदर्शनकारीहरुले प्रचण्ड निवासमा समेत आगजानी गरेका छन् ।

हिजो भएको जेनजी पुस्ताको प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने चार सय ५० भन्दा बढी घाइते भएका छन् । हिजो भएको प्रहरी दमनको विरोधमा आक्रोशित प्रदर्शनकारीले ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा ढुंगामुढा गरेका हुन् ।

बिज्ञापन

यस्तै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास ललितपुरको सुनाकोठीस्थितस्थित निवासमा ढुंगामुढा गर्दै आगो झोसेको छन् । यस्तै हिजोको आन्दोलनमा प्रदर्शनकारीहरुले झापा दमकस्थित ओली निवासमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष