‘सामाजिक सञ्जालमाथिको प्रतिवन्ध पुर्नविचार हुनसक्छ’ : सञ्चारमन्त्री गुरुङ

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ र एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।

बिज्ञापन

मृतकहरूको सबैको पहिचान खुलिसकेको छैन । मृत्यु हुनेमा कलेज तथा स्कुले विद्यार्थी रहेका छन् । अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।

बिज्ञापन

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

सोमबारको जेन जी युवाहरूको प्रदर्शनमा सुरक्षा निकायहरूले गरेको बल प्रयोग गरेको घटनाको राजनीतिक दल,मानव अधिकार आयोग,नेपाल वार,बुद्धिजीविहरुबाट चर्काे निन्दा भइरहेको छ ।
यसैबीच सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने विषयमा पुनर्विचार हुन सक्ने बताएका छन् ।

बिज्ञापन

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे केही निर्णय लिन सक्ने सङ्केत गरेका हुन्। बीबीसी नेपालीसँग कुरा गर्दै मन्त्री गुरुङले प्रदर्शन उग्र बनेपछि र प्रदर्शनकारीले संसद भवन तथा सिंहदरबार नै कब्जा गर्न खोजेपछि सरकार बल प्रयोग गर्न बाध्य भएको तर्क गरे।

उनले भनेका छन्,सरकारले गरेको निर्णयमा पुनर्विचार गर्नुपर्ने स्थिति बनेमा सरकार कठोर भएर नबस्ने उनको भनाइ थियो।

अहिले साँझ ६ बजे क्याविनेट बस्दैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौंमा प्रदर्शनका क्रममा १९ जनाको मृत्यु, सीडीओको ‘रबर गोली’ निर्देशन विवादमा

मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

राजीनामा दिने मुडमा गृहमन्त्री

विदेशमा सन्तान, देशमा दमन? आलोचना बढेपछि सीडीओ रिजालको फोटो हटाइयो

ललितपुर प्रशासनले निषेधित क्षेत्र तोक्यो,काठमाडौंको सिडियोको फोटो वेव साइडबाटै हट्यो

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू

सातौदेखि नवौं तहका १८७ कर्मचारीको सरुवा

बिशेष