राजीनामा दिने मुडमा गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्।

बिज्ञापन

देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर काठमाडौंमामात्र १९ र इटहरीमा २ गरी २१ जनाले ज्यान गुमाएका छन् । यस्तै तीन सय बढी घाइते भएका छन् ।
प्रहरी दमनका कारण मानवीय क्षती भएको भन्दै मानवअधिकारकर्मी,नेपाल वारदेखि बुद्धिजीविहरुले चर्काे आलोचना गरिरहेका थिए नै नेपाली काँग्रेसभित्रैबाट समेत गृहमन्त्री लेखकको राजीनामा माग्न थालिएपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन ।

बिज्ञापन

मानव अधिकारवादी संस्थाहरुले अन्धाधुन्ध बल प्रयोग गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिन मानव अधिकारकर्मीहरुको सञ्जाल जवाफदेहिता निगरानी समितिले माग गरेको छ ।
यसैबीच काँग्रेस सभापति देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीहरुको बैठकमा समेत सो बिषय उठेको काँग्रेसका एक पदाधिकारीले जनाएका छन् ।ती पदाधिकारीका अनुसार, आजको प्रदर्शनको क्रममा भएको जीउ ज्यान र भौतिक क्षतिको नैतिक जिम्मेवारी लिँदै आफूले नैतिकताका आधारमा राजीनामा दिने बताएका छन् ।

बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकका अलवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेसहितका पदाधिकारीहरु उपस्थित रहेका थिए ।

बिज्ञापन

यसैबीच नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेको छ ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष