समानुपातिकबाट ७७ महिला आउँदै,कुन दलबाट कति ?

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जस अनुसार प्रतिनिधि सभामा अब ६ वटा दलको प्रतिनिधित्व हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । यस अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रत्यक्ष तर्फ १२५ सिट जितेको रास्वपाले कुल सदर मतको ५१ लाख ३९ हजार २३५ मत पाएको छ। यो भनेको ४७ दशमलव ९ प्रतिशत हो। यस आधारमा ५७ सिट थप्ने छ रास्वपाको । यस्तै, प्रत्यक्षमा १८ सिट मात्र विजयी भएको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ। कांग्रेसले सदर मतको १६ दशमलव ३ प्रतिशत पाएको हो। यस्तै यस पटक तेस्रो स्थानमा रहेको छ नेकपा एमाले । प्रत्यक्षमा ९ सिटमा खुम्चिएको सो पार्टीले १४ लाख ४८ हजार ८५४ अर्थात १३ दशमलव ५ प्रतिशत मत पाएको छ।

बिज्ञापन

यस्तै प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ८ सिट जितेको थियो । सो पार्टीले समानुपातिकमा ८ लाख ५ हजार ७७३ मत पाएको छ। यो ७ दशमलव ५ प्रतिशत हो। यस्का अलवा श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन सिटमा विजयी बनेको थियो । सो पार्टीले ३ लाख ७८ हजार ६४९ मत प्राप्त गरेको छ । यो भनेको सदर मतको ३ दशमलव ५ प्रतिशत हो। यस्तै प्रत्यक्षतर्फ जम्मा १ सिटमात्र जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २९ हजार ४७२ मत अर्थात ३ दशमलव १ प्रतिशत पाएको हो। समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन ३ लाख २२ हजार १७३ मत आवश्यक पर्छ। अन्य दलले थ्रेस होल्ड कटाउन नसकेका कारण यी दल मात्र प्रतिनिधि सभामा देखिने भएका हुन । अन्य दलले भने समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउन सकेनन्।

रास्वपाले समानुपातिकमा ५७ सिट थप्दा काँग्रेसले समानुपातिकमा २० सिट,एमालेले १६,नेकपाले ९ सिट थप्दा श्रम संष्कृति र राप्रपाले चार चार सिट थपेको छ । यो निर्वाचनले यस अघि संसदमा प्रतिनिधित्व गर्दै आएका  जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका अलवा मधेश केन्द्रित दलहरुलाई यस पटकको निर्वाचनले बढारेको छ ।
अब यी दलहरुले समानुपातिकबाट महिलालाई तान्नुपर्ने भएको छ । प्रतिनिधिसभाका २७५ सांसदमध्ये कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रत्यक्षबाट १४ महिला मात्र निर्वाचित भएका छन् । जस अनुसार,रास्वपाबाट १३ र कांग्रेसबाट एक महिला विजयी भएका हुन् । निर्वाचन आयोगको विवरण अनुसार रास्वपाबाट इन्दिरा राना मगर, तोसिमा कार्की, सोबिता गौतम, निशा डाँगी, रन्जु न्यौपाने, रुबिना आचार्य, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, नीतिमा भण्डारी कार्की, आसिका तामाङ, गौरी कुमारी र पुष्पाकुमारी चौधरीले चुनाव जितेका छन् । कांग्रेसबाट बासना थापा विजयी भएकी छन् ।

बिज्ञापन

अब दलहरुले ७७ महिला दलहरूले आफ्नो भागमा पर्ने समानुपातिक सिटका आधारमा पठाउनुपर्नेछ । जसमा संसदको सबैभन्दा ठूलो दल बनेको रास्वपाले ४८ महिला पठाउनुपर्ने छ । जस अनुसार रास्वपाले बन्दसूचीमा बुझाएका नामहरु केलाउँदा खस आर्य कोटामा प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल रहेका छन् भने यस्तै जनजातीतर्फ बशुमाया तामाङ, गंगा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम मर्हजन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन, एलिजा गुरुङ र जीना विष्ट रहेका छन् ।

पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी, पुनम साह मधेसी कोटाबाट बन्दसूचीमा रहेका छन् भने रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार, तारा विश्वकर्मामध्येबाट दलित कोटामा टिपिनेछन् । यस्तै,संगीता चौधरी, उर्मिला चौधरी, करिश्मा कठरिया, समिना मियाँ र अफ्सना बानु बन्द सूचीमा छन् ।

रास्वपाले ४८ जना महिला समानुपातिकबाट पठाउनुपर्ने देखिन्छ । यस्तै नेपाली काँग्रेसले १२,एमालेले ९,नेकपाले ४ र श्रम संष्कृति तथा रास्वपाले दुई दुई गरी ७७ जना महिला समानुपातिक प्रणालीबाट ल्याउनुपर्ने भएको हो ।  प्रत्यक्षतर्फ एक महिला उम्मेदवारले जितेको कांग्रेसबाट अब १२ महिला पठाउनु पर्नेछ । यस्तै,  प्रत्यक्षमा एमालेका महिला उम्मेदवारले जितेनन्, समानुपातिकबाटै ९,नेकपाले ६ र श्रम संस्कृति र राप्रपाले पनि दुई दुई जना सांसद पठाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

बिशेष