काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका शुक्रबार राष्ट्रपति पौडेलले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले तामाङलाई ऊर्जा, […]

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध चयन भएकी छन् । कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन् । समितिका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले थापा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरेका हुन् । मंगलबार समितिको सभापति निर्वाचनको […]

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो ।आइतबार न्यायाधीशद्धय शर्मा र ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको […]

नेपाली काँग्रेसभित्र गुटगत राजनीति कुन रुपमा मौलाउँदै छ भन्ने एउटा सानो उदाहरण हो,बाग्मती प्रदेशको मन्त्रिपरिषद् बिस्तार ।बाग्मती प्रदेशभित्र सबैभन्दा पिछडिएको जिल्ला मानिने रसुवा जिल्लाका एक तमाङका छोरा यही गुटगत राजनीतिको चरम शिकार बनेका छन् । चार दिन अघि मन्त्री नियुक्त भएका उनले बधाई प्रशस्तै खाए । तर उधारो बधाई मात्र खाए मन्त्रीको शपथ खानै पाएनन् […]

रसुवा जिल्लास्थित नौकुण्ड गाउँपालिकाका अध्यक्ष नर्वु स्याङ्बो घलेलाई सरकारी वकिल कार्यालयले अदालतमा मुद्धा चलाएको छ । गत शनिवार गाउँपालिका अध्यक्ष घलेको बूढानिलकण्ठस्थित घरमै जुवा खेलिरहेको अबस्थामा प्रहरीले उनीसहित १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीले नगद १ लाख ३६ हजार ५ सय रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने क्वाइन ३७ वटा र ६ बुक तास […]

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् , उनले कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका हुन् ।

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो। एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।सरकारले भारतका लागि शंकरदाश वैरागी र चीनमा लोकदर्शन रेग्मीलाई राजदूत बनाउने तयारी गरेको छ । पूर्व मुख्यसचिवद्धय वैरागीलाई कांग्रेस र रेग्मीलाई एमालेले राजदूत बनाउन लागेका हुन् । त्यस्तै […]

  प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् । दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भइरहेको छ । प्रधानविरुद्ध यौन दुराचार गरेको भन्दै उजुरी परेको थियो । उजुरीपछि यसअघि उनको सुनुवाइ नै स्थगित गरिएको थियो । आज भने उनले संसदीय समिति बैठकमा योजना पेस गरेका हुन् । कृष्णमानले समितिमा भने, मेरो बारेमा अवाञ्छित रूपमा दुराग्रह राखेर आरोप लगाइएको छ, जुन सत्य होइन’, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।