मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले चौथौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले थप चार सदस्य थपेर मन्त्रिपरिषद् विरुतार गर्न लागेकी हुन ।

बिज्ञापन

शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

बिज्ञापन

मन्त्री बन्न लागेकाहरुमध्ये चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रधानमन्त्री निकट स्रोतका अनुसार,हाल उद्योग र भूमि मन्त्रालय समेत हेरिरहेका अनिलकुमार सिन्हालाई भने मन्त्रालय परिवर्तन गरी पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको छ । मन्त्रिपरिषद् विस्तार भएसँगै प्रधानमन्त्रीको सुशीला कार्कीको काँधमा रक्षा,परराष्ट्र मन्त्रालयको जिम्मेवारी रहनेछ ।

 

नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष