पहिलेकै संरचनामा फर्कियो एमाले,नेताहरुको व्यवस्थापनमा ओलीलाई सहज

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । गत भदौंमा आयोजित दोस्रो महाधिवेशनले १९ सदस्यीय पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो । केन्द्रीय सदस्य पनि २५१ सदस्यीय कायम गरेको थियो । यस्तै ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारियो । त्यसबेला अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सतिह १५ जना पदाधिकारी रहने गरी विधान संशोधन गरिएको थियो ।

बिज्ञापन

तर तीन महिना पछि नै पार्टीमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव,३ उपमहासचिव,९ सचिव, ९९ सदस्य,पोलिटब्यूरो र पदाधिकारीसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय केन्द्रीय कमिटि बनाइने भएको छ ।

बिज्ञापन

११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो ।
ओलीको यो प्रस्तावको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई उभिएका थिए ।तर, बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ ।

ओलीले पार्टी कमिटिलाई पूरानै अवस्थामा फर्काएसँगै उनलाई नेता व्यवस्थापन गर्न सहज हुनेछ । रामबहादुर थापा, गुरु बराललाई पनि उपाध्यक्ष,महासचिवमा शंकर पोखरेल,सचिवमा राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत,पद्मा अर्याल, शेरधन राइ, हिक्मत कार्की लगायतका नेतालाई व्यवस्थापन गर्न सहज हुने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका सदावहार पिए अख्तियारको ‘राडार’मा,खोसियो सिडियोको जिम्मेवारी

इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

निर्वाचनको मुखमा सूर्य चिन्हसँग टाढिएका चार नेता

काँग्रेसका निवर्तमान सांसदविरुद्ध गैरकानुनी आर्जनको मुद्धा,साढे तीन करोड बिगो

सिन्हाले सम्हाले पर्यटन मन्त्रालय

महान्यायाधिवक्ता भण्डारी निलम्बित, वेबसाइटबाटै हटाइयो नाम

बिशेष